२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनुवाकोटको त्रिशुली अस्पतालमा आईसीयु सेवा सुरु

नुवाकोटको त्रिशुली अस्पतालमा आईसीयु सेवा सुरु


नुवाकोट—नुवाकोट जिल्लामा पहिलो पटक त्रिशुली अस्पतालमा आईसीयु सेवा सुरु भएको छ । बुधबारबाट अस्पतालले २ वटा भेन्टिलेटरसहित ६ वेडको आईसीयु र ४ वेडको एचडीयु सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. दीपेन्द्र पाण्डेले जानकारी दिए ।

बुधबारबाट आईसीयु सेवा सुरु भएपनि यसको औपचारिक उद्घाटन भने पुस ७ गते बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले गर्नेछन् ।

अस्पतालले कोभिड—१९ का गम्भीर बिरामीहरुलाई पहिलो प्राथमिकतामा राख्दैं आईसीयु सेवा सञ्चालनमा ल्याएको हो । अहिले म्यानपावरका रुपमा एनेस्थेसियालोजिष्ट डा. रिमा खड्का अस्पतालमा कार्यरत छन् ।

मेसु पाण्डेले नुवाकोटको त्रिशुली अस्पतालमा आईसीयु सेवा सुरु भएसँगै अब आईसीयु उपचार चाहिने बिरामीलाई काठमाडौं लैजानुपर्ने बाध्यता हटेको बताए । ‘त्रिशुली अस्पतालबाट आईसीयु सेवा सुरु भएसँगै अब यहाँका आईसीयुमा उपचार चाहिने बिरामीहरु काठमाडौं जानुपर्ने बाध्यता हटेको छ,’ डा. पाण्डेले भने, ‘अब आकस्मिक उपचारका लागि यहाँका नागरिकलाई सहज हुनेछ ।’

यस्तै, अस्पतालले आईसीयु सेवा चाहिने अन्य गम्भीर बिरामीलाई पनि उक्त सेवा दिनेछ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ