२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश सरकारको निर्णय : जिल्ला अस्पतालहरुमा विकास समिति

प्रदेश सरकारको निर्णय : जिल्ला अस्पतालहरुमा विकास समिति


बुटवल—प्रदेश सरकारले प्रदेश ५ का विभिन्न ११ अस्पतालका लागि विकास समिति गठन आदेश स्वीकृत गरेको छ । यसअघि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल दाङका लागि विकास समिति गठन आदेशमा स्वीकृति प्रदान गरेको थियो ।

जसले प्रदेशस्तरीय अस्पतालहरुमा विकास समिति गठनको बाटो खुलेको थियो । प्रदेश ५ मन्त्रिपरिषद् बैठकले पुनः ११ वटा अस्पतालमा अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरेपछि लामो समयदेखि विकास समिति विहिन भएका जिल्ला अस्पतालहरुमा पनि अब विकास समिति गठन हुने भएका हुन् ।

‘लामो समयपछि विकास समिति गठन आदेश स्वीकृत भएको छ । यसले अस्पतालहरुलाई थप व्यवस्थित गर्नमा सघाउ पु¥याउने सरकारको विश्वास छ,’ सरकारका प्रवक्ता तथा भाैतिक योजना तथा विकास मन्त्री  वैजनाथ चौधरीले भने, ‘अब अस्पतालहरुमा विकास समिति गठन प्रक्रिया सुरु हुन्छ ।’

प्रदेश सरकारको यो निर्णय प्रदेश ५ का ११ वटा जिल्ला अस्पतालहरुमा लागु हुनेछ । प्रदेशका १२ जिल्लामध्ये पाल्पा सदरमुकाम तानसेनमा रहेको जिल्ला अस्पताल र पाल्पाकै रामपुरमा रहेको अस्पतालमा लागु हुने छैन् ।

त्यस्तै बाँके तथा दाङका अस्पतालमा पनि लागु हुने छैन् । अन्य सबै जिल्लामा रहेका जिल्लास्तरीय अस्पतालमा लागू हुने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री चौधरीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ