२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसमयमै जन्मदर्ता गराएमा १ हजार

समयमै जन्मदर्ता गराएमा १ हजार


दोलखा—जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता गराएमा एक हजार दिने भएको छ । भीमेश्वर नगरपालिका दोलखामा बच्चा जन्मिएको ३५ दिनभित्र पञ्जिकाधिकारी कहाँ गई जन्म दर्ता गराएमा अभिभावकले जन्म दर्ताको प्रमाण पत्रको साथै एक हजार रुपैयाँ पाउने व्यवस्था गरेको छ ।

सुत्केरी आमा र बच्चाको पोषणस्थित मजबुत बनाउने उद्देश्यले आर्थिक वर्ष ०७५/७६ देखि नगरपालिकाले यस्तो व्यवस्था लागु गरेको हो । आमा र बच्चालाई असल पारिवारिक वातावरणमा पोषणयुक्त खाना सेवन गराई स्वस्थ नागरिक स्वस्थ समाज निर्माणको दुरदृष्टी लक्ष्यले यो व्यवस्था गरिएको उपप्रमुख कमला बस्नेतले बताइन् ।

चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४ सय ३० जना बच्चाको जन्म दर्ता भएको छ । तर ९४ जनाको मात्र ३५ दिनभित्रै अभिभावकले जन्मदर्ता गराएर प्रमाणपत्रसँगै जनही एक हजार रुपैयाँ पाएका छन् । हालसम्म भीमेश्वर नगरपालिका वडा नं. २ मा २२ जनाले समयमै जन्म दर्ता गराएका छन् । सबै भन्दा कम वडा नं. ३ र ४ मा ४/४ जनाको मात्र जन्म दर्ता गराएका छन् । वडा नम्बर १ मा २०, वडा नम्बर ५ मा ७, ६ मा ९ जनाको जन्म दर्ता गराएका छन् । त्यस्तै वडा नम्बर ७ मा ९, ८ मा १४ र ९ मा ५ जनाको मात्र जन्म दर्ता गराएका छन् ।

नगरपालिकाको यस व्यवस्था बारे नगरवासीलाई पूर्ण जानकारी नभएकै कारण अभियान प्रभावकारी भएको छैन । नगरपालिकाले दिने यस सेवाको बारेमा व्यापक प्रचार गर्न सकेमा धेरैल सेवा लिन सक्ने सरोवारवालाहरुको भनाइ छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ