२०८३ असोज १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चाँडो मृत्युको जोखिम महिलामा भन्दा पुरुषमा ६० प्रतिशत बढी : अनुसन्धान

चाँडो मृत्युको जोखिम महिलामा भन्दा पुरुषमा ६० प्रतिशत बढी : अनुसन्धान


एक अध्ययनले बढ्दो उमेरसँगै महिलाको तुलनामा  पुरुषमा ६० प्रतिशत  चाँडो मृत्युको जोखिम हुने देखाएको छ । क्यानेडियन मेडिकल एसोसिएशनका अनुसार  ५० वर्ष वा सोभन्दा बढी उमेरका पुरुष समान उमेरका महिलाहरूभन्दा बढी मृत्युको जोखिम हुन्छ।

२८ देशका मानिसहरूमा गरिएको सो अध्ययनमा बढी मृत्यु हुने कारण भनेको आंशिकरुपले पुरुषहरुको धूम्रपान गर्ने बानी र हृदय सम्बन्धि  रोग जिम्मेवार हुन्छ।

किंग्स कलेज लन्डन र न्यू क्यासल युनिभर्सिटी, युके, यू-जुवूका विज्ञहरूले भने, ‘सामाजिक, व्यावहारिक र शारीरिक अवस्थाको लिङ्गको आधारमा मृत्युदरमा भिन्नतामा पाइएको धेरै अध्ययनहरू भए तर तीमध्ये केहि मृत्युदरको अन्तरको सही कारणहरू पत्ता लाग्न सक्यो। विभिन्न देशहरूको विभिन्न संस्कृति, परम्परा, ऐतिहासिक पृष्ठभूमि र आर्थिक-सामाजिक प्रभावले पुरुष र महिलाहरूको मृत्युदरमा प्रभाव पार्छ।’

यस अध्ययनम स्वास्थ्य नीतिहरूलाई पनि लिङ्ग र सामाजिकस्तरमा आधारित भिन्नतालाई जिम्मेदार मानिएको छ।

यस अध्ययनमा २८ देशका डेढ लाख भन्दा बढी व्यक्तिहरू संलग्न थिए। जसमध्ये ५५ प्रतिशत महिलाको सहभागिता थियो। यो अध्ययन विभिन्न पृष्ठभूमिका व्यक्तिहरूमा गरिएको थियो। जसबाट ५० या त्यो भन्दा बढी उमेर समुहाका पुरुष महिलाभन्दा चाँडो मृत्यु हुने खतरा बढी हुने पत्ता लागेको छ। तर अध्ययनले देश र सामाजिक अवस्थाले पनि मृत्युदरमा ठूलो असर पार्ने निस्कर्ष निकालेको छ।

विभिन्न मुलुकमा महिला र पुरुष मृत्युदरको अनुपातमा भिन्नताको कारण उनीहरुको स्वास्थ्यलाई लिएर सजगता, जीवनशैली र परिवेश हो।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ