२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिरियल किलर नर्स जसले गरे ८५ बिरामीको हत्या

सिरियल किलर नर्स जसले गरे ८५ बिरामीको हत्या


एजेन्सी । बिरामीको उपचारमा संलग्न नर्सले स्वंयम बिरामीको हत्या गर्छ भनेर पत्याउन सकिन्छ ? एउटै नर्सले ऋंखलाबद्ध रुपमा दर्जनौ बिरामीको हत्या गरे भन्दा जो कोहीलाई विश्वास नलाग्न सक्छ । तर, जर्मनीका एक पूर्व नर्सले ८५ जना बिरामीको हत्या गरेको स्वीकारेका छन् । उत्तरी जर्मनीका निल्स होगेलले आफू काम गर्ने विभिन्न अस्पतालका बिरामीको हत्या गरेको अदालतमै स्वीकारेका हुन् ।

दुईवटा अलग–अलग हत्यामा यसअघि नै आजीवन जेलको सजाय भोगेका ४२ वर्षीय होगेलल सन् १९९९ देखि २००५ को अवधिमा दुई अलग अस्पतालका ८५ भन्दा बढी बिरामीलाई अनावश्यक औषधी खुवाएर मारेका थिए । कतिपय बिरामीलाई उनले घातक औषधी खुवाइदिएका थिए । उनले बिरामी हत्या गर्नुको कारण खुलेको छैन् । हेगेललाई जर्मनीको इतिहासकै कुख्यात नर्स बताइएको छ ।

केही साताअघि होगेलका कर्तुत एकपछि अर्को गरि सार्वजनिक भएपछि सम्पूर्ण जर्मनी नै स्तब्ध बनेको थियो । त्यति ठूलो संख्यामा बिरामीको हत्या हुँदा समेत अस्पतालले थाहा नपाएको भन्दै सर्वसाधारण मािनसहरु उनले काम गरेका अस्पतालसँग आक्रोश पोखेका थिए ।

सन् २०१५ मा डेलमेनहोस्ट अस्पतालमा एक बिरामीलाई चिकित्सकले तोकेको भन्दा बढी औषधि खुवाएको खुलासा भएपछि होगेलका कर्तुत पनि र्सावजनिक भएका थिए ।

हत्या आरोपमा उनलाई सन् २००८ मा अदालतले सात वर्ष जेल सजाय सुनाएको थियो । त्यस्तै, दुईवटा अलग–अलग हत्या अभियोगमा उनलाई अदालतले आजवीन कारावासको सजाय सुनाएको थियो । अदालतमा सुुवाइका क्रममा होगेलले ३० जनाभन्दा बढीको हत्या गरेको स्वीकारेका थिए ।

केही साताअघि भएको पछिल्लो सुनुवाईमा होगेलले पीडितका परिवारसमक्ष क्षमायाचना समेत गरेका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ