२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा कालाजारका कारण १ जनाको मृत्यु

बुटवलमा कालाजारका कारण १ जनाको मृत्यु


बुटवल—लामो समयपछि देखिएको कालाजारका कारण बुटवलमा एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइरहेका पाल्पा रैनादेवी छहरा गाउँपालिका बल्ढेङगढीका जीवन रानाको मृत्यु भएका अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. कृष्ण खनालले जानकारी दिए ।

युनिभर्सल मेडिकल कलेज, भैरहवामा कालाजार भएको पत्ता लागेपछि थापालाई थप उपचारको लागि प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । उनको मंगलबार लुम्बिनी मै मृत्यु भएको हो । कालाजार एक प्रकारको भुसुनाको टोकाइबाट लाग्ने गर्दछ ।

यो रोग लागेमा सामन्यतयाः लगातार ज्वरो आउने गर्छ भने फियो र कलेजोमा संक्रमण बढ्न गई पेट फुल्ने, कमजोरी महसुस हुनेलगायत लक्षण देखिने डा. खनालले बताए ।

चिकित्सककाअनुसार यो रोग लागेमा रक्तअल्पत्ता हुने, मानिस दुब्लाउँदैं जाने, फियो धेरै बढ्ने तथा केही समयपछि कलेजो समेत बढ्ने हुन्छ ।

कालाजार ‘लेसमानिया डोनोभानी’ नामक प्यारासाइट प्रोटोजोवाका कारण हुने रोग हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ