गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन कोभिडबाट नेकपा एमालेका प्रदेश सांसदको निधन जीवन लामा बुधबार, २०७८ वैशाख २९ गते, १०:४६ मा प्रकाशित दोलखा-कोभिड १९ को संक्रमणबाट नेकपा एमालेका नेता तथा दोलखा जिल्ला निर्वाचन ख बाट प्रत्यक्ष निर्वाचित बागमती प्रदेश सांसद पशुपति चौलागाईको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत सोमबार पीसीआर परीक्षण गरेका सांसद चौलागाई मंगलबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारको क्रममा मंगलबार राति करिब १० बजे मृत्यु भएको थियो । चौलागाईको दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ४ काब्रे स्थायी घर रहेको छ । वि.सं. २०२० फागुन ५ गते जन्मिएका चौलागाई २०३६ देखि २०३८ सम्म अनेरास्ववियु दोलखाको संस्थापक उपाध्यक्ष भएका थिए । २०३७ सालदेखि २०४७ सम्म नेकपा माले दोलखा जिल्ला कमिटी सदस्य रहेका चौलागाई २०४२ सालमा सानोठिमी क्याम्पस भक्तपुरको स्ववियु सभापति भएका थिए । २०५६ सालमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचन जितेका उनी २०६३÷६४ को अन्तरिम व्यवस्थापिका सांसद बनेका थिए । वि.सं. २०७०/७४ सालमा उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । त्यस्तै २०७१ सालदेखि २०७५ सम्म नेकपा एमालेका पोलिटव्यूरो सदस्य थिए । काठमाडौ पेप्सीकोलामा बस्दै आएका चौलागाईका श्रीमती, एक छोरा र दुई छोरी छन् । क्याटेगोरी : बाग्मती प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय… फेसबुकमा ‘अलबिदा’ लेखेर हराएका डाक्टर भेटिए ११ औं विश्व योग दिवसको तयारीबारे प्रधानमन्त्रीसँग छलफल पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्यमन्त्री पौडेल असन्तुष्ट कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? ११ प्रकारका टाउको दुख्ने समस्याको आयुर्वेदिक उपचार