२०८१ वैशाख ६, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकम उमेरमा हुने विवाह रोक्न स्थानीय तहले भूमिका खेल्नुपर्नेमा राज्यमन्त्री यादवको जोड

कम उमेरमा हुने विवाह रोक्न स्थानीय तहले भूमिका खेल्नुपर्नेमा राज्यमन्त्री यादवको जोड


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले कम उमेरमा हुने विवाह रोक्न स्थानीय तहले विशेष भूमिका खेल्नुपर्ने बताएका छन् । छैटौं राष्ट्रिय परिवार योजना दिवसको अवसरमा स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले बुधबार टेकुमा आयोजना गरेको कार्यक्रममा राज्यमन्त्री यादवले यस्तो बताएका हुन् ।

‘अझै पनि झण्डै ५० प्रतिशत विवाह २० वर्षभन्दा कम उमेरमा हुने गरेको छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न स्थानीय तहको सहयोग लिनुपर्छ ।’

परिवार योजनामा सरकारले गरेका कार्यक्रम अति सफल रहेको उनको धारणा छ । परिवार योजनामा लगानीभन्दा हजारौं गुणा बढी नतिजा निकाल्न सरकार सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा एफपी—२०२० को तालिकामा नेपाल दोस्रो स्थानमा पर्न सफल भएको जानकारी गराइयो । यसअघि यो तालिकामा नेपाल ३० औं स्थानमा थियो । परिवार नियोजनको क्षेत्रमा नेपालको यो उपलब्धिमा उल्लेख्य भूमिका खेले बापत विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक आरपी बिच्छा, डा. नरेशप्रताप केसी, नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. विकास देवकोटा र उपचारात्मक सेवा महाशाखाका डा. तारानाथ पोखरेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको हो ।

‘किशोर किशोरीको सहभागिता, परिवार योजना सेवाको सुनिश्चितता’ भन्ने नारासहित यो वर्षको राष्ट्रिय परिवार योजना दिवस मनाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ