२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालयद्वारा सबै अस्पताल र स्वास्थ्य संस्थालाई सेवा शुल्क सार्वजनिक गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयद्वारा सबै अस्पताल र स्वास्थ्य संस्थालाई सेवा शुल्क सार्वजनिक गर्न निर्देशन


काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको छ । मंगलबार मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखा प्रमुख डा. मदनकुमार उपाध्यायले सेवा शुल्क ७ दिनभित्र सार्वजनिक गर्न परिपत्र जारी गरेका हुन् ।

कोभिड–१९ महामारीको समयमा कतिपय स्वास्थ्य संस्थाले चर्को शुल्क असुलेका, का लागि अत्यावश्यक अक्सिजनको अत्याधिक शुल्क लिएको, अनावश्यक परीक्षण गर्न लगाएर बिरामीमाथि थप आर्थिक व्यवहार बढाएको, आवश्यकताभन्दा बढी औषधी तथा सामाग्री खरिद गर्न लगाएको लगायतका गुनासा आएपछि स्वास्थ्य मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले सेवा शुल्क थाहा पाउनु नागरिक अधिकारी भएको उल्लेख गर्दै ७ दिनभित्र आफ्नो अस्पताल तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवा र सो को लागत रकम शीर्षक समेत उल्लेख भएको मुल्यसूची आधिकारिक निकायबाट निर्णय गराइ सार्वजनिक गर्न निर्देशन दिएको छ ।

उक्त मुल्यसूची वेवसाइटमार्फत सार्वजनिक गर्न, सूचना पाटीमा सबैले देख्ने गरी राख्न र त्यसको जानकारी स्वास्थ्य संस्था सञ्चालन इजाजत पत्र दिने तथा नवीकरण गर्ने निकायमा पठाउन भनेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अस्पताल, #चर्को शुल्क, #बिरामी, #सेवा शुल्क


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ