२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालहरूले सेवा शुल्क सार्वजनिक गर्न अटेर गरेपछि स्वास्थ्य मन्त्रालयको ७ दिने अल्टिमेटम

अस्पतालहरूले सेवा शुल्क सार्वजनिक गर्न अटेर गरेपछि स्वास्थ्य मन्त्रालयको ७ दिने अल्टिमेटम


काठमाडौं—अस्पताल तथा स्वास्थ्य संस्थाहरुले सेवा शुल्क सार्वजनिक गर्न अटेर गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ दिने अल्टिमेट दिएको छ । ८ असारमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले ७ दिनभित्र बुझिने गरी शुल्क सार्वजनिक गर्न भनेको छ ।

महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले काटेको सेवा शुल्क सार्वजनिक गर्ने सम्बन्धमा ताकेता पत्रमा कतिपय अस्पताल र स्वास्थ्य संस्थाहरुले बिरामीबाट लिने सेवा शुल्क सार्वजनिक गरेको भएतापनि धेरै अस्पताल तथा स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सार्वजनिक नगरेको उल्लेख छ । यस्तै, पत्रमा कतिपय अस्पताल तथा स्वास्थ्य संस्थाले सेवा शुल्क सार्वजनिक गरेपनि अपुरो विवरण सार्वजनिक गरेकाले त्यसमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाइएको छ ।

बिरामीको उपचार शुल्क सार्वजनिक र पारदर्शी गर्नु हरेक अस्पताल र स्वास्थ्य संस्थाको कानुनी र नैतिक कर्तव्य भएको ब्यहोरा स्मरण गराउँदैं मन्त्रालयले ७ दिनभित्र सार्वजनिक गर्न भनेको छ । उसले अस्पताल र स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको प्रकार र शीर्षक समेत खुल्ने गरी आफ्नो वेवसाइटमार्फत सार्वजनिक गर्न र डिस्प्लेमा सबैले देख्ने गरी राख्न भनेको छ ।

उक्त सेवा शुल्क सार्वजनिक गरिएको जानकारी स्वास्थ्य संस्था सञ्चालनको इजाजत पत्र दिने र नवीकरण गर्ने निकायमा पठाउन भनिएको छ ।

यसअघि महाशाखाले १८ जेठमा सबै स्वास्थ्य संस्था तथा अस्पतालाहरुलाई पत्र लेखेर सेवा शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो । तर, उक्त निर्देशनलाई केही स्वास्थ्य संस्था र अस्पतालहरुले अझै पालना गरेका छैनन ।


क्याटेगोरी : समाचार
ट्याग : #अस्पताल, #सेवा शुल्क सार्वजनिक, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ