२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब कोभिड-१९ विरुद्धको भ्याक्सिन लगातार आउँछ : प्रधानमन्त्री

अब कोभिड-१९ विरुद्धको भ्याक्सिन लगातार आउँछ : प्रधानमन्त्री


काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोभिड-१९ विरुद्धको भ्याक्सिनको लगातार आउने बताएका छन् । शनिबार समुन्द्रटार प्रसार लाइन र सब स्टेशनको उद्घाटन गर्ने क्रममा प्रधानमन्त्रीले निरन्तर भ्याक्सिन आपूर्ति भएपछि भ्याक्सिनेसन अभियान चलाइने बताए ।

‘अब भ्याक्सिन लगातार आउँछ, हामी लगाउँदैं जानेछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘विभिन्न जिल्लाहरुमा अब भ्याक्सिनको अभियान नै चल्नेछ । म यतातर्फ दाजुभाइदिदीबहिनीहरुसँग खुसी व्यक्त गर्न चाहन्छु, खुसी साट्न चाहन्छु ।’

उनले अब नेपाल भ्याक्सिन पाइएन भन्ने स्थितीबाट अगाडि बढेको बताए । एक दिन, दुई दिन, सात दिन र पन्ध दिनभित्र भ्याक्सिन लगाएर नसकिने भन्दैं प्रधानमन्त्री ओलीले भ्याक्सिन लगाउन सकिने क्षमता सिमित भएकाले समूहहरु तोकेर पहिले चुनौती भएका समूहहरुबाट खोप लगाइने बताए । ‘सम्पूर्ण जनसंख्या सकेसम्म छोटो अवधिमा ध्याक्सिन उपलब्ध गराइने छ,’ ओलीले भने ।

यतिबेला नेपाल कोभिडबाट आक्रान्त रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले कोभिड-१९ विरुद्धको थप भ्याक्सिन एक दुई दिनभित्र आइपुग्ने बताए । ‘भ्याक्सिनको सहायता लिएर हामी कोभिड नियन्त्रण गर्नेछौं,’ उनले भने । बीचमा कोभिड भ्याक्सिन प्राप्त गर्न कठिनाई भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब त्यो कठिनाई विभिन्न मित्र राष्ट्रहरुसँग कुरा गरेर, संवाद गरेर समाधान गरिएको बताए ।

यसअघि कोभिड-१९ रोक्नका लागि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुनेलगायतका सरसफाइमा ध्यान दिने कुराहरु रहेको भन्दैं अब कोभिडलाई भ्याक्सिनद्वारा पहिले नै सर्न नपाउने/नदिने स्थितीमा पु¥याउने काममा अगाडि बढेको बताए ।

प्रधानमन्त्रीले कोभिड-१९ बाट भएको धनजनको क्षतिप्रति पनि गहिरो दुःख व्यक्त गरे । ‘सरकारले गम्भीर प्रयासहरु गरेको छ त्यसैकारण हाम्रो देशको निकै धेरै देशहरुको तुलनामा कम छ,’ प्रधानमन्त्रीले भने, ‘समयमै थुप्रै कुराहरुमा ध्यान दिएकाले हामी अनुकूल स्थितीमा रहेका छौं । अब भ्याक्सिनको कुरा अगाडि बढिसकेपछि हामी थप सुरक्षित स्थितीमा हुनेछौं ।’


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९, #प्रधानमन्त्री केपी शर्मा ओली, #भ्याक्सिन


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ