२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सचिव सिफारिस समितिको बैठक शुक्रबार बस्दै, प्रारम्भिक छलफल सकियो

स्वास्थ्य सचिव सिफारिस समितिको बैठक शुक्रबार बस्दै, प्रारम्भिक छलफल सकियो


काठमाडौं—लामो समयदेखि चर्चामा रहेको स्वास्थ्य सेवातर्फको सचिव सिफारिसका लागि शुक्रबार बैठक बस्ने भएको छ । सामान्य प्रशासन मन्त्रालय स्रोतकाअनुसार बिहीबार विहान स्वास्थ्य सेवातर्फको सचिव सिफारिसका लागि प्रारम्भिक छलफल भएको थियो ।

लोकसेवा आयोग अध्यक्ष, सामान्य प्रशासन मन्त्रालयका सचिव, कानुन मन्त्रालयका सचिव र विज्ञ सम्मिलित टोलीले प्रारम्भिक छलफल गरेको हो । स्रोतकाअनुसार स्वास्थ्य सेवातर्फको सचिव सिफारिसका लागि विज्ञका रुपमा लोकसेवा आयोगले पूर्व सचिव डा. किरण रेग्मीलाई मनोनय गरेको छ ।

‘आज स्वास्थ्य सचिव सिफारिसका प्रारम्भिक छलफल भयो,’ स्रोतले भन्यो, ‘भोलि सिफारिस समितिको बैठक बसी क्याबिनेटमा नाम सिफारिस हुने सम्भावना बढी छ ।’

२१ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सचिवको दरबन्दी थप गरेसँगै सामान्य प्रशासनले स्वास्थ्य मन्त्रालयसँग कानुनअनुसार योग्यता पुगेको उम्मेदवारको नामावली पठाउन भनेको थियो । स्वास्थ्य मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाइसकेको छ ।

सामान्यले ११ औं तहका अधिकारीको नामावली मागेतापनि १२ औं तहका प्रमुख विशेषज्ञ तीन जना भएका कारण उनीहरुमध्येबाटै सचिवका लागि सिफारिस हुने सम्भावना छ । अहिले स्वास्थ्य मन्त्रालयको १२ औं तहका प्रमुख विशेषज्ञका रुपमा डा. रोशन पोखरेल, महेन्द्रप्रसाद श्रेष्ठ र डा. दिपेन्द्रमरण सिंह छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कानुन मन्त्रालय, #डा. किरण रेग्मी, #लोकसेवा आयोग, #सचिव, #सामान्य प्रशासन मन्त्रालय, #स्वास्थ्य सेवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ