२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर थपिए ३१०८ जना संक्रमित, २५को मृत्यु

देशभर थपिए ३१०८ जना संक्रमित, २५को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३ हजार १सय ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, १ हजार ५ सय ९५ जना संक्रमित निको भएका छन्। जसमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्।

पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ६०७ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

देशभर २६ हजार ४ सय १९ जना सक्रिय संक्रमित रहेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #covid -19 case, #कोभिड-१९ संक्रमण, #स्वास्थ्य मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)