२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआर्थिक वर्ष ०७७/०७८ मा स्वास्थ्यको पूँजीगततर्फकाे खर्च ४९% मात्र

आर्थिक वर्ष ०७७/०७८ मा स्वास्थ्यको पूँजीगततर्फकाे खर्च ४९% मात्र


काठमाडौँ – आर्थिक वर्ष २०७७/०७८ मा स्वास्थ्यतर्फ छुट्याइएको कुल बजेटको ६६ दशमलव ६८ प्रतिशत मात्र खर्च भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले उपलब्ध गराएकाे तथ्यांकअनुसार यो खर्च अघिल्लो वर्षको भन्दा झण्डै ११ प्रतिशतले कमी हो ।

अघिल्लो आर्थिक वर्षमा ७७ दशमलव ६६ प्रतिशत खर्च भएको छ ।

गत वर्ष पूँजीगततर्फको बजेट खर्च भने निराशाजनक देखाएको छ । आर्थिक वर्ष ०७६/०७७ मा झण्डै ७५ प्रतिशत(७४.७५ प्रतिशत) पूँजीगत खर्च भएको थियो । तर, यो वर्ष २६ प्रतिशतले घटेर ४९ दशमलव ३९ प्रतिशतमा आएको छ ।

चालुतर्फको खर्च पनि अघिल्लो वर्षभन्दा ८ प्रतिशतले कम खर्च भएको छ । ०७६/७७ मा ८० दशमलव ५७ प्रतिशत खर्च भएको चालुतर्फको खर्च ८ प्रतिशत घटेर ०७७/०७८ मा ७२ दशमलव २५ प्रतिशत मात्र भएको छ ।

सरकारले ०७७/०७८ को लागि बजेट भाषणमार्फत ६२ २ अर्व  ३६ करोड ७३ लाख बजेट विनियोजन गरेको थियो । पछि तलब भत्ता लागि थप भन्दै अन्तिम समयमा आएर २ अर्ब थप गरी ६४ अर्व पु¥याइएको थियो । जसमा ४१ अर्व ५८ करोड ६८ लाख वरावर खर्च भएको देखिएको छ ।

पछिल्ले समय तलब भत्ता लागि भनेर थप गरिएको २ अर्व रकम र कोभिड-१९ खोप कोष स्थापना गर्ने भनि छुट्याइएको ५० करोड खर्च हुन नसकेका कारण पनि कम खर्च देखिएको मन्त्रालयका एक अधिकारीले बताए ।

‘अन्तिम समयमा २ अर्व नथपिदिएको भए झण्डै अघिल्ला वर्षकै हाराहारीमा खर्च देखिन्थ्यो,’ स्रोतले भन्यो, ‘पछि थपेको २ अर्व र खोप कोषको ५० करोड खर्च नहुँदा धेरै अन्तर देखियो ।’


क्याटेगोरी : समाचार
ट्याग : #आर्थिक वर्ष ०७७/०७८, #खोप कोष, #लव भत्ता, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ