२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना विरुद्धको खोप प्रदेश सरकारकाे पहिलाे प्रथमिकताः मुख्यमन्त्री पाेखरेल

कोरोना विरुद्धको खोप प्रदेश सरकारकाे पहिलाे प्रथमिकताः मुख्यमन्त्री पाेखरेल


पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश शरकारको पहिलो प्राथमिकता सबै जनतालाई कोभिड विरुद्धको खोप लगाउनु रहेको बताएका छन् ।

आइतवार प्रदेशका मन्त्री, प्रमुख सचिव, सचिवहरु सहभागी बैठकमा मन्त्री पोखरेलले सबैलाई खोपको सुनिश्चितताकोलागि डटेर काम गर्न निर्देशन दिएका हुन् ।

कोरोना महामारीले समग्र जीवनलाई थला पारेको भन्दै त्यसबाट पार पाउने एक मात्र उपाय कोरोना विरुद्धको खोप नै रहेको उनको जिकिर थियो । ‘सरकार गठन भएदेखि नै सबै प्रदेशबासीलाई खोप उपलब्ध गराउने कुरामा हामी संकल्पित छौ’ मुख्य मन्त्रीको भनाइ उल्लेख गर्दै प्रमुख सचिव डा दामोदर रेग्मीले भने ‘ ‘सरकारले आवश्यक बजेटको समेत प्रबन्ध गरेको छ, खोप प्राप्त गर्नका लागि नेपाल सरकार, निजी क्षेत्र, अन्तर्राष्ट्रिय समुदाय सबैसँग आ–आफ्नो ठाँउबाट सक्दो पहल सबैले गरिदिनका लागि समेत आग्रह गर्दछु ।’

कोरोना महामारीले गरिब, असहाय तथा अशक्तको जीवन संकटमा परेको छ । समस्यामा परेका नागरिकको जीवन रक्षाको लागि विशेष पहल आवश्यक रहेको समेत उनको भनाइ थियो । महामारीले सिथिल जनजीवनलाई उठाउन नियमित प्रयासले मात्र सम्भव नहुने भन्दै मन्त्री र सचिवहरुको ध्यान पुग्ने कुरामा विश्वस्त रहेको उनले उल्लेख गरे ।

प्रमुख सचिव डा दामोदर रेग्मीले प्रदेशले खोप व्यवस्थापनलाई प्राथमिकता दिएको वताए । गण्डकी प्रदेशमा खोप कार्यलाई प्रभावकारी वनाउन स्थानीय पालिकाहरु संग समन्वय भैरहेको उनले वताए ।


क्याटेगोरी : समाचार
ट्याग : #कृष्णचन्द्र नेपाली पोखरेल, #खोप


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ