२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

स्वार्थ बाझिने जिम्मेवारीबाट अलग भएको दावी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीको हैशियत दिइने सुरक्षाकर्मीबाहेक अन्य कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । मन्त्री नियुक्त भएपछि पहिलो पटक आफ्नो कार्ययोजना सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले सोमबार सो घोषणा गरेका हुन् ।

उनले सरकारले दिने तलब भत्ता, आवास सुविधालगायतका कुनै पनि सुविधा नलिने बताए । ‘म सरकारले दिने सुरक्षाकर्मीबाहेक अन्य कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा गर्दछु,’ उनले भने, ‘म सरकारको तलब भत्ता, सरकारी आवास, यातायात सुविधा केही पनि लिन्न ।’

मन्त्री श्रेष्ठले स्वास्थ्य मन्त्रालयसँग स्वार्थ बाँझिने कुनै पनि निकायमा आफ्नो आवद्धता नरहने पनि जानकारी दिए । उनले मन्त्री भएपछि आफूले नेतृत्व गरेका स्वास्थ्य संस्थाहरुमा कानुनी रुपमा नै जिम्मेवारीबाट अलग भइसकेको समेत दावी गरे ।

श्रेष्ठ यसअघि जनमैत्रीलगायतका अस्पतालको प्रमुख सञ्चालकको रुपमा नेतृत्व गरिरहेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #राज्यमन्त्री उमेश श्रेष्ठ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ