२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई ल्याउने तयारी

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छालाई ल्याउने तयारी


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पावरफूल निकाय स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी विच्छालाई ल्याउने तयारी भएको छ ।

मन्त्रालयको उच्च स्रोतकाअनुसार डा. विच्छालाई महानिर्देशक बनाउन स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा कहाँ फाइल पुगिसकेको छ ।

‘फाइल प्रधानमन्त्री कहाँ पुगेको छ,’ स्वास्थ्य मन्त्रालय उच्च स्रोतले भन्यो, ‘सम्भवतः आजै निर्णय हुन्छ होला ।’

११ औं तहका चिकित्सक बिच्छा यसअघि कान्ति बाल अस्पतालको निर्देशक छन् । ६ कात्तिकमा डा. विच्छाले अनिवार्य अवकास पाउँदैछन् ।

अहिले विभागको महानिर्देशकमा १२ औं तहका प्रमुख विशेषज्ञ डा. दीपेन्द्रमरण सिंह छन् । अहिले विभागको महानिर्देशकमा १२ औं तहका प्रमुख विशेषज्ञ डा. दीपेन्द्रमरण सिंह छन् । उनलाई मन्त्रालय तान्ने तयारी गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. आरपी बिच्छा, #महानिर्देशक, #स्वास्थ्य सेवा विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ