२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पावरफूल निकायमा स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी डा. आरपी विच्छालाई दिइएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार डा. विच्छालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

११ औं तहका चिकित्सक बिच्छा यसअघि कान्ति बाल अस्पतालको निर्देशक थिए । ६ कात्तिकमा डा. विच्छाले अनिवार्य अवकास पाउँदैछन् । अवकास पाउनुअघि झण्डै ढाइ महिनाअघि उनले विभागको कमाण्ड सम्हाल्ने अवसर पाएका हुन् ।

यसअघि विभागको महानिर्देशकमा १२ औं तहका प्रमुख विशेषज्ञ डा. दीपेन्द्रमरण सिंह थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #डा. आरपी विच्छा, #डा. दीपेन्द्रमरण सिंह, #महानिर्देशक, #स्वास्थ्य सेवा विभाग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ