२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ?

स्वास्थ्यका कर्मचारीको यस्तो छ बढेको तलब स्केल, कसको कति ?


काठमाडौं—केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमार्फत बढाइएको कर्मचारीको नयाँ तलबमान लागु भएको छ । २५ साउनमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको क्याबिनेट बैठकले बजेटमा बढाइएको तलबलाई १ साउनबाट कार्यन्वयनमा लैजाने निर्णय गरेको हो ।

२७ असारमा अर्थ मन्त्रालयले क्याबिनेटको उक्त निर्णयअनुसार बढेको तलब लागु गर्न सबै मन्त्रालय, आयोग, सचिवालय र सरकारी कार्यलयहरुलाई पत्राचार गरिसकेको छ । यसअघिको १५ जेठमा बजेट प्रस्तुत गर्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले सरकारी कर्मचारीको तलब २ हजार रुपैयाँ वृद्धि गरेका बताएका थिए ।

यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारीहरुले पाउने नयाँ तलबमान निर्धारण भएको छ । स्वास्थ्यअन्तर्गत झण्डै ३५ हजार बढी कर्मचारी कार्यरत छन् । सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा स्वास्थ्य सेवाका कर्मचारीहरुको दरबन्दी रहेको छ ।

जसमा सहायक प्रथमको तलब सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँ र १० ग्रेडसहित जम्मा तलब २८ हजार ६ सय ४० रुपैयाँ हुने भएको छ । यस्तै, १२ औं तहका अधिकृतको नयाँ तलबको सुरु तलब स्केल ६२ हजार ६ सय ८० रुपैयाँ र ग्रेडसहित ६६ हजार ८ सय ६० रुपैयाँ हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #बढेको तलब, #स्वास्थ्य सेवा


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ