२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरेन्द्रनगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन

वीरेन्द्रनगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन


सुर्खेत – वीरेन्द्रनगर नगरपालिकाले सञ्चालनमा ल्याएको नगर अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ । सामाजिक विकास मन्त्रालय र चौधरी गुरुपको आर्थिक सहयोगमा नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी उत्पादन सुरु गरेको हो ।

अस्पतालबाट परीक्षण उत्पादनसमेत भइसकेको नगरपालिकले जनाएको छ । प्लान्ट जडान र परीक्षण उत्पादन सफल भएकाले चौबिस घण्टामा १५० देखि १७० थान सिलिन्डर भर्न सकिने नगर प्रमुख देवकुमार सुवेदीले जानकारी दिए ।

उनका अनुसार अब अक्सिजन अभावको समस्या रहने छैन । यहाँबाट फ्युलिङ गरेर अन्य जिल्लामा समेत पठाउन सहज हुनेछ । कोभिड–१९ को दोस्रो लहरको सुरुआती दिनमा कर्णाली प्रदेशमा अक्सिजनको चरम अभाव भएको थियो । जसले गर्दा अक्सिजन दिनुपर्ने श्वासप्रश्वासमा समस्या देखिएका गम्भीर प्रकृतिका बिरामीको उपचारमा समस्या भएको थियो ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले नयाँ जडान थालिएका र पुराना गरी कर्णालीमा २० अक्सिजन प्लान्ट स्थापना हुने बताइएको छ । तीमध्ये ११ ठूला र नौ साना प्रकृतिका छन् ।

ठूला ११ प्लान्टमध्ये रुकुमपश्चिम र कालीकोटमा मात्र नयाँ प्लान्ट जडान भइ सञ्चालनमा ल्याइएको छ। भने, अन्य क्षेत्रमा जडानकै क्रममा छन् । प्रदेश अस्पताल सुर्खेतमा थप दुइवटा अक्सिजन प्लान्ट निर्माणको तयारी थालिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ