२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारउपकुलपति प्रा.डा. संगीता भन्छिन्, ‘सबै सोचेको जस्तो कहाँ हुन्छ र ?’

उपकुलपति प्रा.डा. संगीता भन्छिन्, ‘सबै सोचेको जस्तो कहाँ हुन्छ र ?’


प्रा.डा. संगीता भण्डारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति हुन् । अहिलेका ७ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये एक्लो महिला उपकुलपति बनेकी उनी खरो बोल्ने स्वभावकी छन् । डा. भण्डारी सधैंजसो चर्चामा रहँदैं आएकी छन् । १२ असोजमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान चौथो वर्षमा प्रवेश गर्दैछ । यही सेरोफेरामा चार वर्षमा डा. भण्डारीले प्रतिष्ठानमा गरेका काममाथि केन्द्रित रहेर हेल्थआवाजले गरेको कुराकानीः

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त हुनुभएको भएको ४ वर्ष भयो । यो अवधिलाई कसरी हेर्नुहुन्छ ?

प्रतिष्ठानले ४ वर्षअघिको तुलनामा धेरै नै गति लिएको छ । यद्यपी विभिन्न कारणले गर्दा हामीले चाहेको जस्तो भने गर्न सकिरहेका छैनौं । उपक्षेत्रीयबाट स्वायत्त संस्थामा ट्रान्जिसनको चरणमा थियौं । त्यसैले हामीलाई सुरुवाती चरणमा कर्मचारी समायोजनदेखि लिएर हरेक कुरामा समस्या आइलाग्यो । त्यसपछि गति लिन लाग्दै थियौं कोभिडको महामारी फैलियो । यद्यपी, कोभिड—१९ महामारीको समयमा कर्मचारी, प्रतिष्ठानले स्वास्थ्यकर्मीले एकदमै राम्रो काम गर्नुभएको हुँदा राष्ट्रका लागि योगदान नै दिएको जस्तो भयो । सोही बेला प्रतिष्ठानले ठूलो फड्को मा¥यो । राज्यकै सहयोगमा पूर्वाधार विकास, आईसीयु, एचडियु, पीआईसीयु विस्तारहरु गरियो । काठमाडौंमा पनि नभएका विभिन्न उपकरणहरु जडान गर्न सफल भयौं । त्यो हुँदा छोटो अवधिमा पनि प्रतिष्ठानले ठूलो काम गर्न सफल भयो ।

जनशक्ति कसरी व्यवस्थापन गर्नुभयो ?

  सुरुवाती ६ महिनासम्म सरकारी चिकित्सकहरु हुनुहुन्थ्यो । अब ऐनअनुसार के छ भने प्रतिष्ठान आएपछि उहाँहरु कि त प्रतिष्ठानमै कि अन्य ठाउँमा जाने प्रबन्ध गर्नुपर्ने हुन्छ । हामीलाई सूचित गरेर कोही बस्नु पनि भएको छ । कोही जानुभयो । कर्मचारीको हकमा धेरै जना बस्नुभयो । उपक्षेत्रीयबाट समायोजन गरेर पनि ल्यायौं । बढुवा पनि भयो । त्यसपछि बाँकी लोकसेवाबाट नयाँ नियुक्तितर्फ पनि लागेका छौं ।

उपक्षेत्रीय अस्पताल हुँदा र अहिलेको अवस्था के फरक छ ?

नन प्राक्टिसिङ र प्राक्टिसिङ संस्थामा धेरै फरक हुने भएकोले पहिले र अहिलेको अवस्थामा धेरै फरक आएको छ । प्रतिष्ठान र उपक्षेत्रीय अस्पतालको काम गर्ने समयमा नै फरक छ । प्रतिष्ठानमा सबैले ८ बजेदेखि ५ बजेसम्म अनिवार्य काम गर्नुपर्ने हुन्छ । बीचमा १ घन्टा लन्च ब्रेक दिन्छौं । निरन्तर सेवा दिइरहेका हुन्छौं । यता, सरकारी अस्पताल हुँदा १० बजेदेखि डाक्टर आउने भनेको टाइममा सेवा दिन नसकिने हुन्थ्यो । अहिले बिरामीले स्वास्थ्य सेवाको पहुँच र बाहिर क्लिनिक नहुने हुँदा निरन्तर रुपमा गुणस्तरीय सेवा पाएका छन् । अहिले सिनियर डाक्टरले पनि ध्यान त्यही केन्द्रित भएको हुँदा जुनियरलाई पनि नजानेको कुरा सिकाउने, सिक्ने तर्फमात्र लागि रहेका हुन्छन् । सेवा विस्तार हुने भयो । रेडियो विभागमा पनि धेरै उपकरण जोडिए, जसले रेडियोलोजिस्ट पनि बस्ने भए । सर्जरीमा युवा डाक्टर हुनहुन्छ । अर्थोपेडिक्समा त्यस्तै राम्रा चिकित्सक छन् । आपतकालीन सेवामा सुधार आएको छ । बिमा सेवा र संस्थागत सेवा सबै अपनाएका छौँ । विभिन्न वर्गको आवश्यक सेवा पनि हामीले निःशुल्क गरेका छौं । क्रमिक रुपमा सेवाहरु बढ्दैं गएका छन् ।

भौतिक पूर्वाधारका हिसाबले प्रतिष्ठानको अवस्था कस्तो छ ?

भौतिक रुपमा हामी अहिले निकै बलियो छौं । पहिला १५ सालमा बनेको यो भवन पूर्ण रुपले जीर्ण थियो । अहिले हामीले अस्थायी रुपमा मेनेटेन त गरेका छौं तर त्यो लामो समयसम्मका लागि हुँदैन् । हामीले आफैले २ तल्ले भवन थपेका छौं । ५० बेडको पनि बन्दैंछ । पानी चुहिने अवस्था थियो, जहाँ डाक्टर बिरामी हेर्न जाँदा प्यान्ट सारेर हिड्नुपर्ने अवस्था थियो ।

४ सय बेड अस्पताल निर्माणको मास्टर प्लान पनि हाम्रो छ । जुन बजेट विनियोजन भएपछि हामी धमाधम निर्माण गरेर ३ वर्षपछि शैक्षिक कार्यक्रम पनि गर्ने योजना छ ।

राप्तीको जग्गा प्राप्तिमा समस्या हल भएको हो ?

हाम्रो भन्दा पनि यो समस्या सरकारको र कलेज स्थापना गर्नेलाई हुनुपर्ने हो । कलेज बनाउनुअघि कार्यदल र गृहकार्य हुनुपर्दैन् ? मेडिकल कलेजको गृहकार्य बन्नुपर्ने हो । तर, मैले यहाँ आउँदा कसैको पनि गृहकार्य देखिन । जग्गा त सरकारले दिने हो नि उपकुलपतिले किन्ने होइन् । पटक—पटक मन्त्री सचिव परिवर्तन भैराखेको हुन्छन् । यसरी एउटा काम गर्दा धेरै झन्झट हुने गरेको छ । जग्गाको समस्या अहिले छैन । मेडिकल कलेज चलाउनका लागि नियमअनुसार १६ विघा चाहिने हो । तर, शैक्षिक संस्थाबाहेक अस्पताल नै बनाउन ७ विघा पर्याप्त नै छ । जग्गाभन्दा पनि बजेट नहुँदा प्रतिष्ठानको काम रोकिएको हो ।

प्रतिष्ठान आर्थिक रुपले कसरी चलिरहेको छ ?

आन्तरिक खर्चलाई धान्न पूर्वाधार छैन । अहिले सिटी स्क्यानजस्ता उपकरण भएर आम्दानी भएको छ । आय बढ्दा खर्च पनि उतिकै भैरहेको छ । कमाउने भनेको अस्पतालले शैक्षिक कार्यक्रमबाट हो । विद्यार्थी भर्ना हुँदा एउटा सन्तुलन बन्छ । हामीलाई नाफा चाहिएको छैन । तर, अस्पताल पनि घाटामा जानु भएन । दुवै घाटामा गएन भने चल्न त्यति गाह्रो छैन ।

४ वर्षमा सामान्य कुनै पनि एकेडेमिक कार्यक्रम सुरु भएन किन ?

कसरी गर्ने? एकेडेमिक काउन्सिल ५ पटक मन्त्रालयमा पहल गर्दा पनि बनेको छैन । काउन्सिल फर्म नभएर हामीले नर्सिङ सुरु गर्ने भनेर वर्कसप पनि गरेका छौं । तर, करिकुलम काउन्सिलमा बुझाउन पनि एकेडेमिक काउन्सिलबाट पास भएको हुनुपर्छ । यस्तो आधारभूत कुरालाई पनि सरकारले प्राथमिकता किन नदिएको ? आफै बनाउन दिएको भएपनि हुने थियो । किनकी, यो प्राज्ञिक थलो हो । यो प्राथमिकतामा नपरेको हुन सक्छ । राजनीतिक उथलपुथल अन्य भएर यसमा ध्यान नगएको हो कि । शिक्षकहरु पनि त्यसै बस्नु परेको अवस्था छ । कक्षाकोठाहरु पनि छैनन् । तैपनि हामीले अस्थायी रुपमा भवन बनाएर हामी पढाउन तयार छौं । तर, नियुक्त गर्नुप¥यो । शैक्षिक पूर्वाधार दिनुप¥यो । अन्य प्रतिष्ठानलाई जसरी सुरुको ८÷१० वर्ष सहयोग गरिएको छ, हामीलाई पनि सहयोग गरिदिनुप¥यो ।

शैक्षिक कार्यक्रम बढाउने भएपछि नियुक्ति बढ्छ नि । त्यसपछि आर्थिक भार पनि बढ्छ । हामीले प्रोजेक्ट बनाएअनुसार बन्न प¥यो नि । कुनै पनि कार्यक्रम चलिरहेको छैन । हामी पनि चाडोभन्दा चाडो कार्यक्रम चलुन भन्ने चाहान्छौं । तर, त्यसको सुरुको लगानी सबै संस्थालाई गरिदिएको जस्तो यसलाई पनि गर्नुपर्छ ।

४ सय वेडको अस्पताल योजना बनाउनु भएको छ, त्यो कस्तो बन्नेछ ?

खासमा अहिले ३ सय शैय्याको बनाउनुपर्ने प्रावधान छ, त्यसअनुसार बनाउनुप¥यो । अर्को भनेको जीर्ण भवनमा रहेका बिरामीको चापलाई कम गर्न पनि ४ सय शैय्याको बनाउनुपर्ने आवश्यकता छ । बिरामी बेड नपाएर फर्किएका छन् । त्यो भवनमा हामीले शैक्षिक कार्यक्रम र बिरामी राख्न मिल्ने गरी योजना बनाएका छौं । अहिले २५ वर्षसम्म केही नहुने गरी आधुनिक भवन निर्माण गर्न लागेका छौं ।

अन्य प्रतिष्ठानका उपकुलपतिभन्दा जति डा. संगीता पुग्नु हुन्छ, त्यहाँ चर्चा बढी हुन्छ । किन होला ?
हाम्रोमा महिलालाई हेर्ने दृष्टिकोणमा धेरै फरक छ । महिलालाई नेतृत्व दिन त्यति चाडो तयार हुँदैनन् । चुप लागेर बसेर टाइम पास गरेको भए, चर्चामा कम आउँछ । म जहाँपनि स्थापनाकाल र ट्रान्जिसन फेजमा पुगेको हुन्छु । पाटन प्रतिष्ठान जाँदा पनि त्यस्तै भयो ।

पछिल्लो समय खरिद प्रकियामा पनि प्रश्न उठ्यो नि ?

यसमा कुनै समस्या छैन । उजुरी र प्रश्न गर्ने सबैको अधिकार छ । नेपाल सरकारको सार्वजनिक खरिद ऐनमा रहेर नै खरिद गरेका हौं । कोभिडको समयमा पनि खुला प्रतिस्पर्धामा खरिद गरेको हो । अन्य प्रतिष्ठानभन्दा पनि बढी नियममा रहेर खरिद गरेका छौं । हामीले हाम्रो मापदण्ड, क्राइट एरिया आवश्यक सामान, वितरणमा कुनै पनि कम्प्रोमाइज गरेका छैनौं ।

संरचनाबिहीन प्रतिष्ठानमा गएर चार वर्षपछि निस्कदैं गर्दा कति सन्तुष्ट हुनहुन्छ ?

मैले सोचेको जस्तै त हुन सकेन् । कोभिड—१९ महामारीका कारण ध्यान नै झण्डै २ वर्ष त्यसकै व्यवस्थापनमै गयो । मैले ३ वर्षसम्म काम सकाएर चौथो वर्षमा शैक्षिक कार्यक्रम एमबीबीएस सुरु गर्ने सोचेकी थिए । त्यो एक गर्नुपर्ने काम थियो । त्यो हुन सकेन् । तर, देशमा महामारी आउँदा हाम्रो टिमले काम ग¥यो, त्यसमा म खुसी छु । मैले जग्गाका लागि हुने मिनिमम काम लास्ट अवधिमा आएर पनि मैले गरेको छु । हाम्रो काम भनेको पाइपलाइन बिछ्याउने हो, जुन अघि बढेको छु । शैक्षिक पाठयक्रम तयार छ । पूर्वाधार बनेका छन् । शिक्षक नियुक्ति भएका छन् । त्यसैले सबै सोचेको जस्तो कहाँ हुन्छ र ? मैले जे जति गरे खुसी छु । म पनि अरुले मौका पाउन भन्ने चाहन्छु । अझ युवा, डायनामिक भिसी आउन भन्ने चाहन्छु । अझै दुई महिना बाँकी छ । यही समयमा पनि एकेडेमिक काउन्सिल पास हुनसक्छ । तर, सरकार र मन्त्रालयले पनि माया गर्नुप¥यो । यसमा राज्यको लगानी खेर जादैन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ