२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएक हप्ता भित्र दिने भनिएको जोखिम भत्ता तीन महिनासम्म पनि पाएनन् स्वास्थ्यकर्मीले

एक हप्ता भित्र दिने भनिएको जोखिम भत्ता तीन महिनासम्म पनि पाएनन् स्वास्थ्यकर्मीले


काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको पहिलो निर्णय नै अलपत्र परेको छ । देउवा प्रधानमन्त्री नियुक्त भएलगतै पहिलो निर्णयका रुपमा स्वास्थ्यकर्मीलाई एक हप्ताभित्र जोखिम भत्ता दिने निर्णय गरेको थियो ।

तर, नयाँ सरकार बनेको तीन महिना बितिसक्दा पनि ४० अस्पताल, ५ प्रदेश र ३१ स्थानीय तहका स्वास्थ्यकर्मीले अझै पनि जोखिम भत्ता पाउन सकेका छैनन् । देउवा सरकारले एक हप्ताभित्र जोखिम भत्ता निकासा गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले असार मसान्तको दिनमात्र रकम निकासा गरिदिएपछि समयमै सम्बन्धित निकायले रकम निकाल्न नपाएपछि केन्द्रीय सरकारअन्तर्गत कोभिड–१९ को उपचारमा खटिएका ४० अस्पतालका स्वास्थ्यकर्मी जोखिम भत्ताबिहीन हुन पुगेका थिए । त्यसैगरी, ५ प्रदेशअन्तर्गतका अधिकांश अस्पतालका स्वास्थ्यकर्मी कोभिड—१९ जोखिम भत्ता पाएका छैनन् ।

३१ स्थानीय तहका स्वास्थ्यकर्मीले पनि कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दैं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेका छन् । संघअन्तर्गतका ४० अस्पतालका लागि ४९ करोड ५६ लाख १२ हजार रुपैयाँ जोखिम भत्ता आवश्यक पर्ने भन्दैं मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।

त्यसैगरी, प्रदेशअन्तर्गतका अधिकांश अस्पतालमा जोखिम भत्ता नपाएका स्वास्थ्यकर्मीका लागि २ करोड २३ लाख १६ हजार ७ सय रुपैयाँ र ३१ स्थानीय तहका स्वास्थ्यकर्मीका ३ करोड १७ लाख गरी ५४ करोड ९६ लाख २८ हजार ७ सय रुपैयाँ जोखिम भत्ताका अर्थ मन्त्रालयसँग माग गरेको मन्त्रालय स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #कोभिड-१९, #जोखिम भत्ता, #शेरबहादुर देउवा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यकर्मी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ