२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री !

स्वास्थ्य मन्त्रालय नेकपा एसको भागमा, मन्त्री रामकुमारी झाँक्री !


काठमाडाैं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएको तीन महिनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार फूल मन्त्री पाउने भएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (एस) र जनता समाजवादी पार्टी नेपालबीच मन्त्रालय बाँडफाँड भएसँगै स्वास्थ्य मन्त्रालय नेकपा एसले पाउने पक्का भएकाे हो ।

नेकपा एसको भागमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, पर्यटन, नागरिक उड्यान तथा संस्कृति मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र सहरी विकास मन्त्रालय परेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनले शुक्रबार बस्ने बैठकले सबै मन्त्रीको नाम टुंगो लगाउने बताए ।

नेकपा एसको बिहिबार बसेको स्थायी समिति बैठकले पार्टीको तर्फबाट सरकारमा जाने नाम करिब टुंगो लगाएको सचिवालयका एक सदस्यले बताए । ती नेताका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गर्न युवा नेतृ रामकुमारी झाँक्रीलाई पठाउने अधिकांश नेतामा सहमत छन् ।

‘आजको स्थायी समिति बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीमा रामकुमारी झाँक्रीलाई पठाउनेमा मोटामोटी सहमति भइसकेको छ,’ उनले हेल्थ आवाजसँग भने, ‘विशेष कारणले परिवर्तन नभए स्वास्थ्य मन्त्रालयको जिम्मेवारी उहाँले नै सम्हाल्नुहुन्छ ।’ आज स्थायी  समितिले गरेको छलफललाई भोलि पदाधिकारी बस्ने बैठकले औपचारिक रुपमा निर्णय गर्ने र प्रधानमन्त्रीलाई अन्तिम नामावली पठाउने ती नेताले बताए ।

स्वास्थ्यमन्त्रीको लागि दाङबाट निर्वाचित नेकपा एसका नेता मेटमणि चौधरीले पनि इच्छा राखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #रामकुमारी झाक्री, #शेर बहादुर देउवा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ