२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके अनुहारका लागि फेसियल जरुरी छ ?

के अनुहारका लागि फेसियल जरुरी छ ?


फेसियल भन्नाले यदि अनुहारको सौन्दर्य राम्रो छ । त्यसमा थप उर्जा दिने निखार ल्याउने गर्दछ भने यदि हाम्रो अनुहारको छालामा कुनै रोग लागेर अनुहार बिग्रेको खण्डमा उपचार गर्ने विधि पनि हो ।

हामीले सहि तरिका, सही प्रोडक्ट, सही उपकरणहरुको प्रयोग गरि गरिएको फसियलले सुन्दरतामा वृद्धि गर्दछ। फेसियल एउटा सौन्दर्य सुरक्षाको लागि गरिने साधारण ट्रिटमेन्ट हो।

फेसियल हामी महिला/पुरुष दुवैले गर्न सक्दछौं। यसबाट हामीले धेरै फाइदा लिन सक्दछौं।

फेसियल गर्दा के-के फाइदा हुन्छ ?

  • छालालाई स्वस्थ र सुन्दर राख्नका लागि फेसियलले महत्वपूर्ण भूमिका खेलेको हुन्छ।
    फेसियल गर्दा र गराउँदा आफ्नो छालाको प्रकार र स्वभावस्थिति अनुरुप मिल्दो प्रकारको क्समेटिक र प्रक्रिया अपनाउदा विभिन्न फाइदा लिन सकिन्छ ।
  • यदि छाला खराब वा बिग्रिएको रोग लागेको छ भने उपयुक्त फेसियल विधिले सुधार गरेर ठिक पार्न सकिन्छ।
  • सधै छालालाई स्वस्थ, नरम र मुलायम गराइदिनुको साथै दाग धब्बा पनि हटाएर सफा र चम्किलो अनुहार बनाउँछ।
  • चिल्लोपन, डन्डीफोर, मृतकोषिका हटाएर स्वास्थ्य र सामान्य छाला बनाइदिन्छ।
    छाला सुख्खा भएर अनुहारमा सुख्खापन भै चाया आउनु अथवा चाउरी परेको खण्डमा
  • फेसियल गर्नाले छालालाई कसिलो र पोटिलो बनाउँछ।
  • मसाजले रक्तसंचार वृद्धि गराइ छाला सफा र गुलाबी छाला बनाउछ ।

चाउरीपन र धर्साहरु हटाइदिन्छ ।

  • ब्ल्याक हेड्स, व्हाइट हेड्स हटाएर अनुहार सफा बनाइदिन्छ।
  • यी सबै समस्याबाट छुट्कारा पाउनु भनेको अनुहारको छाला स्वस्थ हुनु हो यसकारणले हामी हाम्रो अनुहार उमेर भन्दा १० वर्ष कम उमेरको देखिन सक्दछौं ।

यसको बेफाइदा :-

  • फेसियल गर्दा यसको कस्मेटिक प्रोडक्ट र प्रक्रियाबारे राम्रो जानकारी नहुँदा यसको बेफाइदाको शिकार हुन पुग्दछौं ।
  • जस्तै :- छालाको प्रकारको जानकारी नहुँदा छालाअनुरुप फेस किट चलाउने ज्ञान नहुँदा अनुहार राम्रो हुनुको साटो सानोतिनो खटिरा, डण्डीफोर निस्किने गर्छ ।
  • कसैकसैको छाला संवेदनशील हुनाले नङले कोट्याउन सक्छ र घाउ हुन्छ ।
  • उपकरणको प्रयोगले स-साना घाउँ पनि हुने गर्छ । कसैमा छाला सुख्खा हुने, चिलाउने र इन्फेक्सन पनि हुन सक्छ ।
  • तसर्थ, यी विभिन्न समस्याहरुबाट हामीले फेसियलको सेवा लिंदा दक्ष ब्युटीसियनबाट सफा वातावरणमा सहि कस्मेटिक प्रोडक्ट, सहि उपकरण, सफा सरसामा, सफा टावल आदिको प्रयोग गर्नु आवश्यक हुन्छ ।
  • बजारमा कयौं प्रकारका फेसियल किटहरु पाइनछन्। तर, हामीले अनुहार अनुसारको सहि किटको छनौट गर्न सक्नुपर्छ।

दुई प्रकारका हुन्छन फेसियल :-

  • एउटा अनुहारको छाला अनुसार मेन्टेन गर्ने, र अर्को भनेको अनुहारको छालामा रोग लागेको भए सोहि अनुसारको उपचार गर्ने फेसियल किट।
  • अनुहारको छाला अनुरुप स्टेप बाइ स्टेप मसाज अथवा किटमा भएको प्रोडक्ट अनुसार प्रक्रिया पुरा गरी फेसियल गरेमा त्यसको नतिजा चाडै आउँछ।

बजारमा पाइने कुन किसिमको फेसियल कुन स्किनमा कसरी प्रयोग गर्ने ? के हुन्छन फाइदा ?

रेगुलर फेसियल :- यो सामान्य छाला देखि सुख्खा छालामा पनि प्रयोग गर्न सकिन्छ।

ओइली एक्ने ट्रीटमेन्ट :- ओइली अनुहार हुनेहरुको अनुहारबाट तेल निस्केर च्याप च्याप लाग्ने हुन्छ। अनुहार डल देख्नुको साथै डन्डीफोर आउने र एक्ने देखिने समस्या हुन्छ । यसको लागि ओइली तथा एक्ने ट्रीटमेन्टको प्रयोग गर्न सकिन्छ।

ग्यालभ्यानिक फेसियल :- अति नै सुख्खा र डल स्किनको लागि यो फेसियल उपयुक्त हुन्छ। उक्त फेसियल गर्दा मेसिनको प्रयोग गरिने हुँदा मुटु र दाँतमा ब्रेसेस लगाएकाहरुले गर्न भने हुँदैन।

एन्टीएजिंग फेसियल :- छाला धेरै सुख्खा भने उमेरभन्दा पहिला नै अनुहार चाउरी देखिन थाल्छ त्यस्ता व्यक्तिको लागि यो फेसियल निकै उपयुक्त हुन्छ।

रिजनेटिङ्ग फेसियल :- बाहिरी वातावरणमा घुलमिल भएर बिग्रिने स्किन अर्थात घाम धुलोधुवा युक्त बतावारणसँग बढी सामना गर्नु पर्नेका लागि यो उपयुक्त फेसियल हो। यसले अनुहारको मोस्चोराइजर ब्यालेन्स गर्छ।

एन्टीअक्सिडेन्ट फेसियल :- जुन अनुहार डलनेस भएर मलिन देखिन्छ त्यस्तो अनुहारका लागि यो फेसियलले अनुहारमा निखारता ल्याउँछ। सो फेसियल अनुहारको चमकदार बढाउने केमिकल प्रयोग गरिने फेसियल हो। यसले अनुहारको फोहोर र मृत त्वोचालाइ हटाइ सफा राख्दछ।

अरोमेटिक फेसियल :- अरोमा सिल तथा अरोमा इसेन्सियल ओइलको प्रयोग गरी गरिने फेसियललाई अरोमेटिक फेसियल भनिन्छ। यसले छालाको सुन्दरतालाई बढाउनुको साथै अनुहारलाई आराम पनि दिन्छ।

फेसियल गर्दा ब्युटीसियनले ख्याल राख्नुपर्ने कुराहरु :-

– नङ काटिएको हुनुपर्छ।
– कपाल छोड्नु हुँदैन।
– हातमा चुरा एवम औठी हुनुहुँदैन।
– हेभी परफ्युममा डियोडेन्त्रिकको प्रयोग गर्न हुँदैन।
– काखी तथा मुख गन्हाउने हुनुहुँदैन।

ग्राहकका लागि ध्यानदिनुपर्ने कुराहरु :-

  • हाइ ब्लड प्रेसरका ग्राहकलाई मसाज गर्दा प्रेसरयुक्त मसाज दिने।
  • गर्भवती महिलाभएमा इलेक्ट्रिक ग्याजेटको प्रयोग नगर्ने।

क्याटेगोरी : समाचार, सौन्दर्य स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ