२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठगण्डकी प्रदेशगण्डकीमा यी दुई केन्द्रबाट फाइजर खोप दिइदै

गण्डकीमा यी दुई केन्द्रबाट फाइजर खोप दिइदै


पोखरा –  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा र धौलागिरी उपप्रादेशिक अस्पताल बागलुङमा फाइजर बायोएनटेक कोभिड-१९ विरुद्धको खोप दिइदै छ । अभियानअन्तर्गत कात्तिक २८ देखि मंसिर ४ सम्म १२ देखि १७ वर्ष उमेर समूहका लागि पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको हो ।

१८ वर्ष माथिका दीर्घ रोगी छुटेका भए पनि खोप लगाउन पाउनेछन् । धौलागिरी अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विक पोखरेलका अनुसार बागलुङमा १ हजार हाराहारीमा फाइजर खोप पुगेको छ ।

पहिलो चरणमा १२ वर्षमाथिका दीर्घ रोग भएका बिरामीहरुलाई प्राथमिकतामा राखेको पोखरा महानगरपालिकाले जनाएको छ । दीर्घरोगअन्तर्गत मुटुको बिरामी भई अप्रेसन गरेका वा औषधी खाइरहेका, मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधी सेवन गरिरहेका, क्यान्सर पहिचान भई उपचारमा रहेका, छातीको समस्या भई चिकित्सकको पूर्जाबमोजिम औषधी खाइरहेका बिरामीले फाइजर खोप लगाउन पाउनेछन् ।

यस्तै, अंग प्रत्यारोपण गरेका, मधुमेह र उच्च रक्तचापको समस्या भई चिकित्सकको निगरानीमा उपचाररत,मस्तिष्कसम्बन्धी समस्या भएका लगायत बिरामीले पनि फाइजर खोप लगाउन पाउनेछन् ।

प्राथमिकतामा परेका व्यक्तिहरुलाई खोप लगाइसक्दा बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई खोप लगाइने गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले निर्धारित मापदण्ड (दीर्घरोग भएका) सबैलाई पुग्ने गरी खोप आएको बताए ।


क्याटेगोरी : गण्डकी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ