२०८० मंसीर १९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यका ३ प्रमुख विशेषज्ञका लागि ५ जनाको नाम सिफारिस

स्वास्थ्यका ३ प्रमुख विशेषज्ञका लागि ५ जनाको नाम सिफारिस


काठमाडौं—स्वास्थ्य सेवा तर्फको रिक्त तीन प्रमुख विशेषज्ञ (१२ औं तह)का लागि ५ जनाको नाम सिफारिस भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको लोकसेवा आयोगका सदस्य नेतृत्वको बढुवा सिफारिस समितिको बैठकले प्रमुख विशेषज्ञमा बढुवाका लागि ५ जनाको नाम सिफारिस गरेको हो ।

मन्त्रालय स्रोतकाअनुसार पाँच जनालाई बरिष्ठता, कार्यसम्पादन, दुर्गम सेवा अवधिका आधारमा सिफारिस गरिएको हो । सिफारिसको पहिलो नम्बरमा भेरी अस्पतालका सर्जन डा. श्यामसुन्दर यादव, दोस्रो नम्बरमा स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख डा. भिमसिंह तिकंरी, तेस्रो नम्बरमा पोखरामा कार्यरत बालरोग विशेषज्ञ डा. श्रीकृष्ण श्रेष्ठ, चौथो नम्बरमा प्रसुति गृहकी निर्देशक डा. संगीता मिश्रा र पाँचौ नम्बरमा स्वास्थ्य मन्त्रालयमको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीको नाम सिफारिस भएको छ ।

सिफारिस भएका नामहरुमध्येबाट मन्त्रिपरिषदले तीन जनालाई प्रमुख विशेषज्ञमा बढुवा गर्नेछ । स्वास्थ्य सेवातर्फ १२ औं तहको ४ दरबन्दी रहेको छ । जसमा स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह छन् । स्वास्थ्य मन्त्रालयमा प्रमुख विशेषज्ञको दुई वटा दरबन्दी खाली छ भने वीर अस्पतालमा पनि १२ तहको प्रमुख विशेषज्ञ रहने व्यवस्था छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ