२०८१ वैशाख २६, बुधबार
Health Aawaj logo
गृहपृष्ठविश्वओमिक्रोनको फैलावट रोक्न स्वास्थ्यको मापदण्ड नै सबैभन्दा प्रभावकारी : डा पाण्डव

ओमिक्रोनको फैलावट रोक्न स्वास्थ्यको मापदण्ड नै सबैभन्दा प्रभावकारी : डा पाण्डव


काठमाडौँ – विश्व स्वास्थ्य संगठन नेपालस्थित कार्यलयका प्रमुख डा. राजेश संभाजीराव पाण्डवले नयाँ भेरियन्टको फैलावट रोक्न स्वास्थ्यको मापदण्ड नै सबैभन्दा प्रभावकारी रहेको बताएका छन् ।

नेपालले ओमिक्रोन भेरियन्ट पुष्टि गरेपछि डा. पाण्डवले  भेरियन्टको फैलावट रोक्न सबैभन्दा प्रभावकारी  स्वास्थ्यका मापदण्ड भएकोले सबैलाई अपनाउन अनुरोध गरेका हुन्।

‘नयाँ भेरियन्टको बारेमा धेरै कुराबाट अज्ञात रहेपनि हामीलाई के थाहा छ भने जनस्वास्थ्य तथा सामाजिक उपायहरू पालना गर्नु फैलावट रोक्न सबैभन्दा प्रभावकारी तरिकाहरू मध्ये एक हो,’उनले भने। संक्रमण पुष्टि भएसँगै ओमिक्रोनको जोखिम न्यूनीकरण गर्न सरकारले तीव्र रुपमा काम अघि बढाइरहेको उनको भनाइ छ।

उनले विश्व स्वास्थ्य संगठन सो भाइरसका प्रभावबारे बुझ्न लागि परेको बताएका छन्। डा. पाण्डवले महामारीको अन्त्य नभैसकेको र यसबारे आउने खबरहरुबारे जानकारी दिइरहने उल्लेख गरे।

नेपालमा सोमबार दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ। पुष्टि हुनेमा अफ्रिकाबाट नेपाल आएका एक जना र उनको सम्पर्कमा रहेका एकजनामा देखिएको हो। नेपालसहित हाल ३८ देशमा ओमिक्रोन भेरियन्ट पुष्टि भैसकेको छ।


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ