२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठविश्वओमिक्रोनबाट अमेरिकामा पहिलो मृत्यु

ओमिक्रोनबाट अमेरिकामा पहिलो मृत्यु


अमेरिकाको टेक्सासमा कोभिड-१९को ओमिक्रोन भेरियन्टबाट एकजनाको मृत्यु भएको छ । मृतकको उमेर ५० देखि ६० वर्षको बीचमा रहेको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ ।

अमेरिकामा ओमिक्रोनबाट मृत्यु भएको यो पहिलो केस हो। ती व्यक्तिले खोपको खोप लगाएका थिएनन् ।

अमेरिकामा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या लगातार बढिरहेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार अमेरिकामा गत हप्ता भेटिएका ७३.२% कोरोना केस ओमिक्रोनका हुन्। उत्तरपश्चिम, दक्षिण र मध्यपश्चिमका केही क्षेत्रमा यो संख्या ९० प्रतिशतभन्दा माथि पुगेको छ ।

यसैबीच, ह्वाइट हाउसले पूर्ण खोप र बुस्टर डोज लगाएका कर्मचारीमा कोरोना पोजेटिभ देखिएको बताएको छ । सो व्यक्ति तीन दिन अघि लगभग ३० मिनेट बाइडेनको वरिपरि रहेको थियो। हालसम्म बाइडेनको रिपोर्ट नेगेटिभ आएको छ ।

ओमिक्रोनका कारण अमेरिकामा कोरोना संक्रमितको संख्या निकै तीव्र गतिमा बढेको छ । यसैलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा प्रतिबन्ध थपिएको छ । यद्यपि राष्ट्रपति जो बाइडेनले हाल लकडाउन लगाउने तयारी भने गरिरहेका छैनन्। बाइडेनले मंगलबार कोभिड–१९ को सन्दर्भमा देशका नाममा सम्बोधन गर्ने बताइएको छ ।

-एजेन्सी


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ