२०८१ वैशाख १९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारजेष्ठ नागरिक अस्पताल बनाउन डा. राधिका थपलियाको संयोजकत्वमा अध्ययन कार्यदल गठन

जेष्ठ नागरिक अस्पताल बनाउन डा. राधिका थपलियाको संयोजकत्वमा अध्ययन कार्यदल गठन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयले जेष्ठ नागरिकलाई लक्षित अलग्गै अस्पताल सञ्चालन गर्न गृहकार्य अगाडि बढाएको छ । ११ पुसमा मन्त्रीस्तरीय निर्णय गरेर अस्पताल स्थापनाका लागि अध्ययन कार्यदल गठन गरेको हो ।

सो कार्यदलको संयोजकमा मन्त्रालयका सहसचिव (स्वास्थ्य शिक्षा प्रशासक) डा. राधिका थपलियालाई तोकिएको छ । सो कार्यदलका अन्य सदस्यहरुमा उपचारात्मक महाशाखाका डा. पोमावती थापा र मन्त्रालयका उपसचिव सानुबाबु अधिकारीलाई रहेका छन् ।

अध्ययन कार्यदललाई जेष्ठ नागरिकलाई लक्षित गरी अलग्गै अस्पताल सञ्चालन गर्न पायक पर्ने स्थानमा जेष्ठ नागरिक अस्पताल सञ्चालन सम्बन्धी अध्ययन गरी प्रतिवेदन यथाशीघ्र पेश गर्न भनिएको छ ।

कार्यदललाई ८ वटा जिम्मेवारीमा रहेर प्रतिवेदन पेश गर्न निर्देशक दिइएको छ । जसमा जेष्ठ नागरिक अस्पताल स्थापनाका लागि उपयुक्त, सम्भावित जग्गा र स्थानको पहिचान गर्ने, जेष्ठ नागरिकको पछिल्लो तथ्यांकका विश्लेषण गर्ने, जेष्ठ नागरिक संरक्षण, सामाजिक सुरक्षा तथा स्वास्थ्य उपचार सम्बन्धमा वर्तमान नीति कानुन व्यवस्थाको समीक्षा गर्ने, जेष्ठ नागरिकको स्वास्थ्य उपचारका लागि एक अलग्गै विशिष्टीकृत अस्पताल सञ्चालन सम्बन्धमा सम्भाव्यता अध्ययन गर्ने, प्रदेश र स्थानीय तह अन्तर्गत जेष्ठ नागरिक घरेलु स्याहारको विस्तार गरी सकारात्मक विभेदको नीतिअनुरुप राज्य दायित्व निर्वाह गर्ने विषयमा अध्ययन गर्ने, स्थानीय तह र वडाहरुमा विशेष नागरिक आरोग्य केन्द्र र लक्षित कार्यक्रमलगायतका कार्यक्रम साझेदारीमा सञ्चालन गर्ने विषयमा अध्ययन गर्ने रहेका छन् ।

यसैगरी, छुट्टै अस्पताल स्थापना गर्न दीर्घकालीन र अल्पकालीनको लागि विस्तार हुने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल कीर्तिपुर, राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान दुवाकोटमा विभागका रुपमा थप गर्न सक्ने विषयमा अध्ययन गर्ने जिम्मेवारी पनि छ ।


क्याटेगोरी : समाचार
ट्याग : #जेष्ठ नागरिक अस्पताल, #डा. पोमावती थापा, #डा. राधिका थपलिया, #सानुबाबु अधिकारी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ