२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारसँग ४५ लाख सिरिन्ज स्टक, २ करोड ३६ लाख आउँदैं

सरकारसँग ४५ लाख सिरिन्ज स्टक, २ करोड ३६ लाख आउँदैं


काठमाडौं–सिरिन्ज अभावका कारण कोभिड–१९ विरुद्धको खोप सोचेजस्तो संचालन हुन नसकिरहेको बेला सरकारले सिरिन्ज ल्याउन ताकेता गरेको छ । कोभिड–१९ विरुद्धको भ्याक्सिन लगाउन प्रयोग गरिने सिरिन्ज सरकारसँग ४६ लाख ८४ हजार स्टक रहेको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले जानकारी दिए ।

उनकाअनुसार अन्य झण्डै साढे २ करोड सिरिन्ज आउने चरणमा रहेको छ । जसमा चीन सरकारले अनुदान दिएको २० लाख सिरिन्जमध्ये १० लाख तातोपानी भन्सार छुटेर नेपाल प्रवेश गरिसकेको छ भने थप १० लाख भन्सार छुट्ने क्रममा रहेको छ ।

त्यसैगरी, कोभ्याक्सले दिने भनिएको १२ लाख सिरिन्ज पनि आउने प्रक्रियामा छ ।

त्यसबाहेक नेपाल सरकारले अघिल्लो शुक्रबार २ करोड ४ लाख सिरिन्ज खरिदका लागि सम्झौता गरिसकेको उनले बताए । ‘अब सिरिन्ज अभाव हुँदैन्,’ उनले भने, ‘नियमित आउने प्रक्रियामा छ ।’

नेपाल सरकारले खरिद गरेको सिरिन्ज पनि आउन सुरु गरिसकेको उनले जानकारी दिए । जसमा ५० लाख सम्झौता भएको १५ दिन भित्र, थप ५० लाख ३० दिन भित्र र बाँकी सिरिन्ज ४५ दिन भित्र ल्याइसक्ने सम्झौता गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ