२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब युएई जाने यात्रुले मात्र विमानस्थलमा कोभिड–१९ परीक्षण गर्न पाइने

अब युएई जाने यात्रुले मात्र विमानस्थलमा कोभिड–१९ परीक्षण गर्न पाइने


काठमाडाैं-सरकारले युएई जाने यात्रुहरुको मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ परीक्षण हुने भएकाे छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले निर्णय गर्दै युएई जाने यात्रुलाई मात्र विमानस्थतलमा काेभिड-१९ परीक्षण गर्न भनेकाे हाे ।

उसले युएईका लागि मात्र उडानअघि ४ घण्टा भित्रको नेगेटिभ रिपोर्ट आवश्यक भएको भन्दै अन्य देश जाने यात्रुले विमानस्थलका ल्यावमा कोभिड परीक्षण गर्न नपाउने निर्णय गरेकाे हाे ।

विमानस्थलमा संचालित ल्यावहरुलाई ठूलो अक्षरमा ‘युएई जाने यात्रुकोलागि मात्र पिसिआर परीक्षण’ भनेर लेख्नुपर्नेसमेत उल्लेख गरेको छ ।

साथै सरकारले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड-१९ परीक्षणका लागि स्वाव संकलन केन्द्र मात्र राख्न नदिने निर्णय गरेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विमानस्लथका कोभिड-१९ परीक्षण गर्ने ल्यावहरुको अनुगमन गर्दा तीन वटा ल्यावले मात्र विमानस्थलमा मोलिकुलर ल्याव संचालन गरेको पाइएको उल्लेख गरेको छ । अन्य ल्यावहरुले भने कलेक्सन सेन्टरको रुपमा मात्र संचालन गरेको हुँदा तत्काल स्वाव कलेक्सन गरेर अन्यत्र लगि परीक्षण गर्ने कार्य बन्द गर्न भनेको छ ।

अनुगमनका क्रममा स्टार हस्पिटल मोलिक्युलर ल्याव, सुमेरु अस्पताल प्रा.लि. र महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले मात्र मापदण्ड अनुसार स्वीकृत लिई विमानस्थलमा नै ल्याव संचालन गरिरहेको उल्लेख छ ।

युएई जाने यात्रुको लागि कोभिड-१९ पिसिआर परीक्षण गर्न चाहने ल्यावले मापदण्ड पु¥याएर आवेदन दिन समेत उल्लेख गरेको छ ।

CamScanner 01-25-2022 16.50

क्याटेगोरी : समाचार
ट्याग : #त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल, #युएई, #राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ