२०८२ जेठ २४, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू

१ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू


काठमाडौं—कलंकीस्थित नेपाल नेशनल हस्पिटलले १४ बेडको ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरु गरेको छ । अस्पतालका मेडिकल निर्देशक डा. प्रकाश पौडेलले अन्तर्राष्ट्रियस्तरको सेवासुविधा, उपकरण र म्यानपावरसहित उक्त इमर्जेन्सी सुरु गरिएको जानकारी दिए ।

अस्पतालले कलंकी क्षेत्रमा धेरै ट्रमा केस र अन्य इमर्जेन्सी केसहरु आउने भएकाले उक्त इमर्जेन्सी सुरु गरेको जनाएको छ । ‘त्यो खालको अवस्थालाई ट्रयाकल गर्न सक्ने गरी अस्पतालहरुको यो क्षेत्रमा कमी देखिएको हुँदा त्यसलाई पूरा गर्न एक्सीडेन्ट इमर्जेन्सी सेवा सुरु गरेका हौं,’ उनले भने ।

झण्डै १ करोड लगानीमा तयार भएको उक्त इमर्जेन्सी दुई वटा सिपिआर बेडहरु छन्, जसमा एकदमै क्रिटिकल केसहरु उपचार हुनेछ । ‘कुनै पनि समस्या लिएर नेपाल नेशनल हस्पिटलमा बिरामी आएपछि त्यहाँबाट सम्पूर्ण सेवाहरु उपलब्ध हुनेछन्,’ डा. प्रकाशले थपे, ‘इमर्जेन्सी फिजिसियनदेखि ट्रमा इमर्जेन्सीसम्मका सेवाहरु दिइनेछ । आवश्यक सुपरस्पेसियालिटी सेवाहरु पनि उपलब्ध हुनेछ ।’

इमर्जेन्सीमा आईसीयु ब्याकअप पनि रहेको उनले जानकारी दिए । १४ वटा बेडमध्ये दुई वटा सिपिआर बेडहरु छन् भने यल्लो र ग्रीनमा थप बेडहरु छन् । बच्चाहरुका लागि दुई बेड छुट्याएर इमर्जेन्सी बाल सेवा पनि सुरु गरिएको छ ।

इमर्जेन्सीमा मनिटर, अक्सिजनको सप्लाई, पोर्टेबल भेन्टिलेटर, प्रेसरको सप्लाईको व्यवस्था छ । ‘सबै हिसाबले वातावरणअनुकूलित सेवा दिने गरी इमर्जेन्सी तयार भएर सञ्चालनमा आएको छ,’ उनले भने, ‘धेरै ठाउँमा एयर कन्डिसनर मात्रै राखिएको हुन्छ तर हामीले बढीको तापक्रम कति राख्नुपर्छ, सिपिआरपछिको आवश्यक तापक्रम कति हो सबै कुरा मेन्टेन हुने गरी सेन्ट्रल एसी सप्लाई गरेर तयार पारेका छौं । त्यसले बिरामीको आउटकमलाई धेरै सहयोग पु¥याउँछ ।’ मेजर भाइटल बचाउन आवश्यक पर्ने सबै उपकरणको व्यवस्थापन इमर्जेन्सीमा गरिएको उनले बताए ।

नेपाल नेशनल हस्पिटलले बिरामीलाई फिल्डबाटै सेवा दिने हेतुले प्रि-हस्पिटल केयर सेवा पनि सुरु गरिसकेको छ । ‘अहिले हामीले ग्राउण्ड प्रि—ग्राउण्ड इमर्जेन्सी मेडिकल सर्विस सुरु गरिसकेका छौं,’ उनले भने, ‘अब चाडै हेलि इमर्जेन्सी मेडिकल सर्विस पनि सुरु गर्ने तयारी छ । एडभान्स कार्डियाक लाइफ सपोर्ट सुविधाको एम्बुलेन्स हामीसँग छ र इमर्जेन्सी मेडिकल टेक्नीसीयन पनि छ ।’


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ