२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडका कारण पढाइ पूरा नगरी आएका विद्यार्थीलाई चीन जाने वातावरण बनाउन याङ यीको ओलीले गराए ध्यानाकर्षण

कोभिडका कारण पढाइ पूरा नगरी आएका विद्यार्थीलाई चीन जाने वातावरण बनाउन याङ यीको ओलीले गराए ध्यानाकर्षण


काठमाडौं—नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ विदेशमन्त्री याङ यीलाई कोभिड-१९ का कारण बीचमै मेडिकल एजुकेसन छोडेर नेपाल फर्किएका विद्यार्थीको अध्ययन चाडो पूरा हुने वातावरण मिलाउन आग्रह गरेका छन् ।

नेपाल भ्रमणमा रहेका याङ यीसँगको पार्टी अध्यक्षको आइतबारको भेटबारे जानकारी दिदैं एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले भने, ‘पार्टी अध्यक्षले चिनियाँ विदेश मन्त्रीसँग कोभिड–१९ को समस्याका कारण चीनमा अध्ययनरत नेपाली विद्यार्थीको अध्ययन पूरा नभएर नेपाल आएको र पुनः अध्ययनका लागि जान नसक्दा समस्या भएको जानकारी गराउनुभयो ।’

जवाफमा चिनियाँ विदेशमन्त्रीले यो समस्यालाई चीन सरकारले गम्भीरतापूर्वक लिएको र चाडै समाधान हुने बताएको डा. भट्टराईले जानकारी दिए ।

चीनमा सन् २०१५–२०१६ बाट मेडिकल शिक्षा अध्ययन गर्न गएका विद्यार्थीहरु कोभिड–१९ कारण बीचैमा नेपाल फर्किएका थिए । उनीहरु नेपाल फर्किएपछि पुनः चीन जान नपाउँदा सैद्धान्तिक कक्षा अनलाइनबाट लिएतापनि प्रयोगात्मक कक्षा लिन पाइरहेका छैनन् ।

नेपाल सरकारले उनीहरुको विषयमा नेपालमै इन्टर्नसीप गर्न दिने निर्णय गरेतापनि विश्वविद्यालयहरुले नमान्दा एक वर्षदेखि अन्यौलमा रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ