२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयसकारण राजनीतिमा डो¥यायो ल्याब टेक्निसियन इश्वरीलाई

यसकारण राजनीतिमा डो¥यायो ल्याब टेक्निसियन इश्वरीलाई


पोखरा –  जनता समाजवादी पार्टीबाट फेदीखोलाको उपाध्यक्षमा उम्मेदवारी दिएकी ईश्वरी थापा यतिबेला घरदैलोमै व्यस्त छिन् । उत्पीडित महिला, जातीयविभेद, महिला हिंसा, स्वास्थ्यसम्बन्धी समस्यालाई हटाउनको लागि आफ्नो उम्मेद्वारी दिएको उनी बताउछिन् ।

२०५७ सालताका नेकपामाओवादीमा लागेर भूमिगत जीवन बिताएकी थापा अहिले जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेकी हुन् । उनका आदर्श व्यक्ति बाबुराम भट्टराई सो पार्टीमा भएकाले उनको आबद्धता पनि त्यसमै भएको हो ।

सशस्त्र युद्ध शान्तिप्रक्रियामा पुगेपछि माओवादी लडाकुलाई शिविरमा राखिएको थियो, त्यति बेला उनी पनि नवलपुरको शिविरमा बसिन् । शिविरमै रहँदाउनले सिटिईभिटीअन्तर्गत १८ महिने सिएमएकोर्षसमेत पूरा गरेकी थिइन् । उनले शिविरमै रहँदा साधारणतर्फ प्रद्युम्न पनेरु मावि रङ्गेठाँटी स्याङ्जाबाट मानविकी संकायबाट कक्षा १२ सम्ममको अध्ययन गरिन् भने लडाकुबाट स्वैच्छिक अवकाश लिएकी उनले रिजनल कलेज नयाँबजारबाट ३ वर्षे ल्याब टेक्निसियन प्रमाणपत्र तह पूरा गरिन् ।

२०७० सालमा ल्याब टेक्निसियन बनेकी उनले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा डेढवर्ष हाराहारी काम गरिन् । त्यसपछि उनी काठमाडौं हानिइन् । त्यहाँ विनायक हस्पिटलमा झण्डै २ वर्ष र ४ वर्षजति वीर अस्पतालको ल्याब टेक्निसियन भएर सेवा दिइन् । ६-७वर्ष टेक्निसियन पदमा अस्थायी-करार सेवामा रहेकी उनी कोभिड संक्रमण जोखिम र सानो बच्चा भएका कारण जागिर छोडेकी थिइन् ।

‘मलाई खेलकुद, राजनीति र सेवामा रुचि छ । समाज परिवर्तन गर्न ल्याब टेक्निसियन भएर सम्भवन हुने पनि ठानें । त्यसपछि स्थानीयतहको चुनावमा फेदीखोलाबाट उपाध्यक्ष उम्मेदवार बनेकी छु, ‘उनी भन्छिन्, ‘उत्पीडित महिला, जातीयविभेद, महिला हिंसा, स्वास्थ्यसम्बन्धी समस्या देखेर मन असाध्यै खिन्न हुन्छ हटाउनुपर्छ, उत्थानगर्नुपर्छ भनेर नै राजनीतिमा लागेकी छु । नेतृत्वलिन सकें भने केहीगर्न सक्छु भन्ने नै हो ।’

ईश्वरी थापा उनका बाबा आमाकी जेठी सन्तान हुन् । उनका २ भाइ र १ बहिनी छन् । ईश्वरीका बुबा अत्यधिक रक्सी पिउँथे । पारिवारिक अवस्था र सदस्यको कुरा बुझ्दैनथे, श्रीमतीलाई दुःख दिन्थे ।

बर्साैटेजस्ता सन्तान थिए । ईश्वरीका बुबा हुलाक कार्यालयमा जागिरे थिए । ईश्वरीका बुबाले आमालाई हेप्थे । अर्की श्रीमती ल्याउँछु भनेर धम्क्याउँथे ।परिवारका सदस्यको कुरा सुन्दैनथे, यस्तै, परिस्थितिले उनलाई विद्रोही माओवादी तिर आकर्षित ग¥यो । आँधीखोला ६ मा २०४५ माजन्मिएकी ईश्वरी समाज रपरिवारमामहिला पीडित भएको, पुँजीवादीवर्गले गरिबलाई हेप्ने गरेको देख्दा दुःख लागेर विद्रोहतिर लागेको उनी बताउँछिन् ।

यस्तै, बानीकाकारण नै ईश्वरी २०५७ सालतिर भूमिगत भइन् । सानै उमेरदेखि राजनीतिमा लागेको र आस्था दृढ भएकाले समाज परिवर्तन त राजनीतिबाट मात्रै सम्भव हुन्छ भन्ने सोच अहिले राजनीतिमा फेरि सक्रिय भएकी छन् ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ