२०८२ असार १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने

चिकित्सा शिक्षाको प्रवेश परीक्षामा सहभागी हुन राष्ट्रिय परिचय-पत्र चाहिने


काठमाडौँ – चिकित्सा शिक्षा आयोगले शैक्षिक कार्यक्रहरुको एकीकृत प्रवेश परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई राष्ट्रिय परिचय-पत्र अनिवार्य बनाउन सूचित गरेको छ ।

आयोगले एक सूचना जारी गरी अबदेखि डीएम/एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचय-पत्र अनिवार्य चाहिने भन्दै बनाउनको लागि सूचित गरेको हो ।

‘अब हुने प्रवेश परीक्षाका लागि अनलाइन फारम भर्दा राष्ट्रिय परिचय-पत्र नम्बर पनि उल्लेख गर्नुपर्ने भएकोले सबै उम्मेदवारलाई समयमै राष्ट्रिय परिचय पत्र बनाउन सूचित गरिन्छ, ‘आयोगले भनेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ