२०८२ असार २२, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा

कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री प्रहरी नियन्त्रणमा


काठमाडौं—कुटपिट गरेको आरोपमा लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वली पक्राउ परेकी छन् । मंगलबार विहान ८ बजे एक महिलालाई घरमै गएर हातपात गरेको अभियोगमा प्रहरीले स्वास्थ्य राज्यमन्त्री वलीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यलय तुलसीपुरकाअनुसार तुलसीपुर उपमहानगर–५ स्थित ती महिलाकै घरमा पुगेर कुटपिट गरेपछि नियन्त्रणमा लिइएको हो ।

‘उहाँले विहान घरमै गएर हातपात गर्नुभएछ,’ इलाका प्रहरी कार्यलय तुलसीपुरका इन्स्पेक्टर रन्जनबहादुर स्वारले भने, ‘डेढ घण्टाजति अघि हामीले उहाँलाई नियन्त्रणमा लिएका हौं । ’ उनकाअनुसार घटनाका विषयमा थप अनुसन्धान जारी रहेको छ ।

स्वास्थ्य राज्यमन्त्री वलीले विहान ८ बजे ती महिला र उनकी छोरीलाई घरमै पुगेर हातपात गरेकी थिइन् । त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

उनी दाङ क्षेत्र नं. ३ को प्रदेशसभा ख बाट निर्वाचित सांसद हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ