गृहपृष्ठ ∕ समाचार ∕ ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा ५ देखि ११ वर्षका बालबालिकालाई दिइने २२ लाख डोज फाइजर खोप काठमाडौंमा हेल्थ आवाज आईतबार, २०७९ असार ५ गते, १५:११ मा प्रकाशित तस्विरः ओमप्रसाद उपाध्याय नेपालको फेसबुकबाट काठमाडौं—५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई दिइने कोभिड—१९ विरुद्धको २२ लाख डोज फाइजर खोप काठमाडौं आइपुगेको छ । आइतबार दिउँसो अमेरिकाले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको २२ लाख ३ हजार २ सय डोज फाइजर खोप काठमाडौं आइपुगेको हो । स्वास्थ्य सेवा विभागको खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भने, ‘आइतबार दिउँसो खोप त्रिभुवन विमानस्थलमा आइपुगेको छ । खोप अभियान चाडै सुरु गरिने भएकाले आजै प्रदेशका खोप भण्डार केन्द्रमा आवश्यक खोप पठाउँछौं ।’ सरकारले ९ देखि १५ असारसम्म पहिलो चरणमा ५ देखि ११ वर्षसम्मका १९ लाख बालबालिकालाई खोप दिने तयारी गरेको छ । पहिलो चरणमा २७ जिल्लाका बालबालिकालाई खोप दिइनेछ । उनीहरुलाई २ देखि ८ साउनसम्म दोस्रो डोज खोप दिइनेछ । बाँकी ५० जिल्लाका बालबालिकालाई भने ५ देखि ११ भदौमा पहिलो डोज र २७ भदौदेखि १ असोजसम्म दोस्रो डोज खोप दिइनेछ । दोस्रो चरणमा १० लाख बालबालिकाले खोप पाउनेछन् । ५ वर्षमाथि र ११ वर्षमुनिका २९ लाख बालबालिकालाई खोप दिइनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता २ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ कसरी गर्ने छालाको हेरचाह ? ५ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ६ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव छालालाई घामबाट जोगाउने ७ सरल उपाय दाँत र मुखको स्वास्थ्य र यसको महत्व पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव