२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्रीले भने, ‘विश्व स्वास्थ्य संगठनले दर्ता नगरेका र अनुमति नदिएका खोपलाई आपत्तकालीन प्रयोगको अनुमति दिइदैंन्’

स्वास्थ्यमन्त्रीले भने, ‘विश्व स्वास्थ्य संगठनले दर्ता नगरेका र अनुमति नदिएका खोपलाई आपत्तकालीन प्रयोगको अनुमति दिइदैंन्’


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले विश्व स्वास्थ्य संगठनले अनुमति नदिएका कुनै पनि खोपलाई आपत्तकालीन प्रयोगको अनुमति नदिइने बताएका छन् । शुक्रबार राष्ट्रियसभामा औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदैं उनले यस्तो बताएका हुन् ।

‘विश्व स्वास्थ्य संगठनले दर्ता नगरेका र अनुमति नदिएका अनुमति नदिएका कुनै पनि खोपलाई आपत्तकालीन प्रयोगको अनुमति दिइदैन्,’ उनले भने, ‘सम्बन्धित देशका नियांमक निकायले समेत परीक्षण गरेर दर्ता गरेका हुनाले यसबाट क्षति हुने भनेर चिन्ता नलिन आग्रह गर्छु ।’

मन्त्री खापुङले विश्वभरी कोभिड—१९ फैलिएको र उक्त महामारीलाई रोक्न र नियन्त्रण गर्न विभिन्न मुलुकहरुमा खोपको सफल परीक्षण भइरहेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनमा सूचीकृृत भएका र सम्बन्धि देशको औषधी नियांमक निकायले दर्ता गरेका त्यस्ता नियांमक निकायले आपत्तकालीन प्रयोगको अनुमति समेत प्रदान गरेका औषधी र खोपलाई नेपालमा दर्ता गरी सो औषधी वा खोपलाई आपत्तकालीन प्रयोगका लागि अनुमति दिने प्रयोजनका लागि विधेयक ल्याइएको बताए ।

सरकारले ल्याएको औषधी (तेस्रो संशोधन) विधेयक, २०७९ मा सांसदहरुले संयुक्त रुपमा तीन वटा संशोधन दर्ता गरेका थिए । संयुक्त संशोधनको प्रस्तावकर्ताको तर्फबाट सांसद प्रकाश पन्तले क्लिनिकल ट्रायल गर्दा आपत्तकालीन रुपमा कुनै पनि खोपको प्रयोग गर्न सकिने र अरु औषधीहरुको पनि प्रयोग गर्न सकिने नेपालमा औषधीलाई ट्रायल गर्न दिने त्यसलाई वैज्ञानिक बनाउनुपर्ने बताएका थिए ।

उनले त्यसका लागि मानवअधिकारका दृष्टिले समेत क्लिनिक ट्रायल गर्दा वा कुनै पनि औषधीको प्रयोग व्यक्ति गर्दा नकारामत्मक असर परेर निजको शारिरीक अथवा मानसिक अवस्था फरक प¥यो र उसको अंगभंग भएमा वा मृत्यु भएमा उचित क्षतिपूर्ति दिन आवश्यक छ भनेर दफा संशोधनका लागि प्रस्ताव राखेको बताए ।

नेकपा एकीकृत समाजवादीका सांसद डा. बेदुराम भुसालले औषधीको परीक्षण गर्दा कसैलाई हानी नोक्सानी पुगेमा जीवनको क्षति हुन सक्ने भन्दै यदि त्यसो भएमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए । उनले


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ