२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वधेरै काम र अनिन्द्राले प्यानिक अट्याक आएपछि सुधारिन् जेनिफरले आफ्नो जीवनशैली

धेरै काम र अनिन्द्राले प्यानिक अट्याक आएपछि सुधारिन् जेनिफरले आफ्नो जीवनशैली


जेनिफर लोपेजले पनि अत्याधिक काम गर्ने र पर्याप्त निन्द्रा नपाउने समस्या भोगेकी थिइन्। तर उनले आफ्नो जीवनशैली परिवर्तन गरेर आफ्नो स्वास्थ्यमा सुधार ल्याइन् । हलिउडकी वरिष्ठ  गायिका तथा अभिनेत्री जेनिफर लोपेजले दिनरातको कामबाट पूर्ण थकानका कारण एक बिन्दुमा गम्भीर प्यानिक अट्याकको शिकार भएको खुलासा गरेकी छिन्।  अरुलाई उनी पागल भएकी भन्ने लाग्ने गरेको गायिका लोपेजले बताइन ।

फ्यानहरूका लागि जारी गरिएको आफ्नो पछिल्लो ‘अन द जेलो’ न्यूजलेटरमा उनले लेखेकी छिन्, ‘दोस्रो दशकको उत्तरार्ध (२७-२९ वर्ष) मा, जब उनी प्रसिद्धि पाइरहेकी थिइन, तब एक दिन उनी शारीरिक रूपमा अशक्त भइन्। जसले उनलाई  ठुलो धक्का दियो।

जब पहिलोपटक उनले प्यानिक अट्याकको शब्द सुनिन् 

स्वास्थ्यमा अचानक समस्या देखिएपछि  सुरक्षाकर्मी तत्कालै उनीहरुलाई लिएर डाक्टर कहाँ गए । त्यहाँ उनलाई प्यानिक अट्याक भएको  पत्ता लाग्यो। उनले भनिन्, ‘मैले यी शब्दहरू पहिलो पटक सुनेको थिएँ । म विशेषज्ञ कहाँ गए र म पागल भए कि भनेर सोधें। मेरो अवस्था देखेर उसले हौसला दिँदै भने, ‘त्यस्तो होइन, आठ–नौ घन्टा सुत्नुपर्छ । क्याफिन सेवन बन्द गर्नुपर्छ र व्यायाम गर्नुपर्छ। यो आफै ठिक हुन्छ ।’

तीन घन्टाको मात्र निन्द्राले अवस्था झनै खराब बनायो

५२ वर्षीय लोपेजका अनुसार त्यसबेला म रातमा तीनदेखि पाँच घन्टा मात्रै सुत्थें । पूरै दिन र धेरै रातहरू स्टुडियो सेटमा बिताएर  भिडियोहरू बनाउँथे। सप्ताहभरी पनि छायांकन जारी थियो।  एक दिन काम गर्दागर्दै मेरो शरीर हिउँजस्तै जमेको महसुस भयो । केही पनि स्पष्ट देखिएन र उनको मुखबाट कुनै शब्द निस्कन सकेन।

शरीर र दिमागको स्वास्थ्यलाई बेवास्ता गर्नु हानिकारक हुनसक्छ

शरीर र दिमागको स्वास्थ्यलाई बेवास्ता गर्नु कत्ति हानिकारक हुन सक्छ भन्ने पहिलोपटक मैले महसुस गरें। त्यो समयमा अवस्था यस्तो थियो कि म मेरो शारीरिक लक्षणहरू देखेर असाध्यै डराएको थिएँ। त्यही बेला मेरो फिटनेस यात्रा सुरु भयो । आज म जे छु त्यसैको परिणाम हो । त्यो भयानक अनुभव पछि, मैले स्वस्थ र सन्तुलित जीवनको लक्ष्य बनाएको छु।


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ