२०८१ वैशाख ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडका कारण चीन फर्कन नपाएका १५० मेडिकलका विद्यार्थीले २ वर्ष नेपालमै पढ्न पाउने

कोभिडका कारण चीन फर्कन नपाएका १५० मेडिकलका विद्यार्थीले २ वर्ष नेपालमै पढ्न पाउने


काठमाडौं–कोभिड–१९ का कारण चीनबाट बीचैमा अध्ययन छोडेर नेपाल आएका १ सय ५० एमबीबीएसका विद्यार्थीले थप अध्ययन नेपालमै गर्न पाउने भएका छन् ।

एमबीबीएस अध्ययनका लागि सन् २०१६ मा चीनका विभिन्न मेडिकल कलेजमा भर्ना भएका विद्यार्थीहरु कोभिड–१९ महामारी सुरु भएपछि साढे २ वर्ष अध्ययन समय बाँकी रहँदैं नेपाल आएका थिए । उनीहरु नेपाल आएपछि चीन सरकारले कुनै पनि विद्यार्थीलाई पुनः अध्ययनका लागि फिर्ता हुन दिइरहेको छैन ।

चीनमा बीचैमा अध्ययन छोडेर फर्किएका विद्यार्थी पुनः चीन जान नसक्ने भएपछि सरकारले नेपालमै बाँकी समय अध्ययन गराउन दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार राष्ट्रिय चिकित्सा शिक्षा आयोगको सहमतिमा थप समय नेपालमै अध्ययन तथा इन्टर्नसीप गराउनका लागि मेडिकल काउन्सिलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले बताए ।

‘चिकित्सा शिक्षा आयोजको सहमतिमा सन् २०१६ को ब्याचलाई अध्ययन तथा इन्टर्नसीप गराउनका लागि स्वास्थ्य मन्त्रालयमा पत्र पठाएका छौं,’ उनले भने, ‘लामो समयदेखि अनिश्चित भएको विषय टुंगो लागेको छ ।’

काउन्सिलका रजिष्ट्रार डा अधिकारीका अनुसार सन् २०१६ मा अध्ययन सुरु गरी बीचैमा छोडेर आउनेको संख्या झण्डै १ सय ५० जना रहेको छ । यसअघि फिलिपिन्सबाट अध्ययन गरी आएका ६ जनाका लागि पनि काउन्सिलले नेपालमै अध्ययन गर्ने सहमति दिएको थियो ।

सरकारले सन् २०१४, १०१५ मा चीन गएका विद्यार्थीहरुको पनि नेपालमै इन्टर्नसीप गर्ने व्यवस्था गरेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ