२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसाढे २ वर्षअघि संसद गएको योगमाया विश्वविद्यालय विधेयक संसदबाट पारित (विधेयकसहित)

साढे २ वर्षअघि संसद गएको योगमाया विश्वविद्यालय विधेयक संसदबाट पारित (विधेयकसहित)


काठमाडौं—साढे २ वर्षअघि राष्ट्रियसभामा दर्ता भएको योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक पास भएको छ । मंगलबार उक्त विधेयक प्रतिनिधीसभाबाट पास भएसँगै योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना भएको छ ।

२०७६ माघ ६ मा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक राष्ट्रियसभामा दर्ता गराएका थिए । अब यो विधेयक राष्ट्रपतिबाट प्रमाणित भएसँगै लागु हुनेछ ।

सो विश्वविद्यालयको अरुण उपत्यका भित्र (भोजपुर, संखुवासभा) जिल्लामा केन्द्रीय कार्यलय रहनेछ । विश्वविद्यालयले आयुर्वेद सम्बन्धी एकीकृत रुपमा अध्ययन, अध्यापन तथा अनुसन्धान काम गर्नेछ ।

विश्वविद्यालयले आयुर्वेद विषयसँग सम्बन्धि शैक्षिक कार्यक्रम सञ्चालन गर्न आयुर्वेद नर्सिङ, जडिबुटी, योग शिक्षा र प्राकृतिक चिकित्सालगायतका विषयमा सम्बन्धित स्कुलहरु स्थापना गर्नेछ । साथै, अनुसन्धान केन्द्र पनि स्थापना गर्न सक्नेछ ।

यसैगरी, आयुर्वेद चिकित्सा परिषद्ले स्वीकृत गरेको मापदण्डअनुरुपको शिक्षण अस्पताल पनि विश्वविद्यालय सञ्चालन गर्न सक्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ