२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारपूर्व स्वास्थ्यमन्त्रीलाई भारी मतान्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्वाचित

पूर्व स्वास्थ्यमन्त्रीलाई भारी मतान्तरले पछि पार्दै मेडिकल व्यवसायी सुनिल शर्मा निर्वाचित


विराटनगर-पूर्व स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भारी मतान्तरले हराउँदै मोरङको क्षेत्र नं. ३ बाट मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिलकुमार शर्मा विजयी भएका छन् । ढकाललाई २२ हजार ७ सय ३६ मत मतान्तरले पछि पार्दै शर्मा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएका छन् भने ढकालले २५ हजार ८९५ मत ल्याएका छन् । तेस्रो भएकी रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् । वि.सं. २०७४ मा शर्मा र ढकाल मोरङ क्षेत्र नं. ३ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला ढकालले शर्मालाई १ हजार ९०७ मतान्तरले पराजित गरेका थिए । त्यसबेला ढकालले ४२ हजार ४१३ मत ल्याए भने शर्माले ४० हजार ५०६ मत पाएका थिए ।

यसपटकको चुनावमा शर्माले ०७४ मा हारेको बदला लिदै फराकिलो मतान्तरले विजयी भएर संसदको ढोका खोल्न सफल भए ।

मोरङ ३ लाई एमालेको गढ मानिन्छ। यसपटक भने यो क्षेत्रमा कांग्रेसले जीत निकालेर इतिहास रचेको छ। विरासत बोकेको भएपछि यसपटक उक्त क्षेत्रमा गठबन्धन भर्सेस एमाले मैदान थिए।

प्रतिनिधीसभामा निर्वाचित भएका शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेका अध्यक्ष हुन् । ०७४ मा पराजित भएपनि शर्माले मोरङ क्षेत्र नं. ३ का जनतालाई स्वास्थ्य उपचार सेवामा छुट दिने गरेका थिए ।

यस्तै प्रदेशतर्फ ३ (१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् । एमालेका दिलीप राई १४ हजार ८ सय १७ मत मात्रै ल्याएका छन् । लिम्बुसँग पराजित हुने राई पथरीशनिश्चरेका पुर्व मेयर हुन् ।

मोरङ ३ (२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादी लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गर्दै निर्वाचित भएका हुन् । सुवेदीले १७ हजार ७ सय २८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले भने १५ हजार ३ सय ५८ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ