काठमाडौं—चीन स्वशासित क्षेत्र तिब्बततर्फबाट भोटेकोशीमा भिषण बाढी आएको छ । बुधबार विहानै आएको बाढीका कारण रसुवामा ठूलो क्षति भएको अनुमान गरिएको छ ।
बाढी रसुवाका तटीय क्षेत्रका बस्तीहरुमा ठूलो क्षति भएको देखिएको छ । सामाजिक सञ्जालमा देखिएका फुटेजहरुमा बाढी नदी किनारका वस्तीहरु बगाएको छ । स्याफ्रू, टिमुरे, बेत्रावतीलगायतका बजारमा ठूलो क्षति भएको बताइको छ ।
रसुवाबाहेक नुवाकोट, धादिङ, गोरखा र चितवन मुग्लिनसम्म बाढीले प्रभाव पार्ने अनुमान गरिएको छ ।
अहिले स्वास्थ्यकर्मीको टोलीसहित नेपाली सेनाका दुई वटा एमआई—१७ हेलिकप्टर रसुवा उडेका छन् भने सबै निजी हेलिकप्टर कम्पनीका हेलिकप्टरहरु स्ट्याण्डबाई राख्न सरकारले निर्देशन दिएको प्रधानमन्त्री बालेन्द्र शाहले बताएका छन् ।
तटीय क्षेत्रमा रहेका केही प्रहरी र सशस्त्र प्रहरीहरुसँग सम्पर्क हुन नसकेका विवरणहरु आएका छन् ।