२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वलकडाउन खुकुलो बनेसँगै चीनमा सिटामोललगायतका औषधिको अभाव

लकडाउन खुकुलो बनेसँगै चीनमा सिटामोललगायतका औषधिको अभाव


चीनले कोभिड १९ सम्बन्धी नियमहरूलाई खुकुलो पारेपछि हाल सिटामोललगायतका औषधिको अभावको समस्या खेपिरहेको छ ।

औषधिको अभाव भएका जानकारीहरू बाहिरिएपछि चिनियाँ जनताहरू हाल आइ ब्रुफिन, रुघाका औषधि तथा कोभिड टेस्टका किटहरू किन्न हतारिएका हुन् ।

भिटामिन सी ले भरिपूर्ण कागती, क्यानमा राखिएका आरुलगायतका घरेलु औषधिहरू ठुलो मात्रामा अभावमा छन् । यी चीजहरू हाल चीनका अनलाइनतिर पनि उपलब्ध नभएको अवस्था छ । अभाव भएका वस्तुहरू ठुलो मात्रामा खरिद गर्नु र नपाइनु विश्वकै समस्या हो ।

लकडाउन खुकुलो पारिएकाले यो सुरुमा देखा परेको अवस्था हुन सक्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै विश्व बजारसँगै चीनका जनताहरू पनि खाली पसलका र्‍याकका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

चीनमा पछिल्लो समय बढेको सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउन सुरु गरेको थियो तर चौतर्फी विरोधपछि त्यसलाई खुकुलो पारिएको थियो । त्यस्तै चढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफलाई ध्यानमा राख्दै सरकारले अस्पतालमा सेवाहरूको अभाव हुन नदिन पनि व्यवस्था गरिरहेको छ ।

दुखाइ कम गर्ने औषधि, रुघा ज्वरोको औषधि र भिटामिनहरूको अभाव हुन थालेपछि चिनियाँ समाचार दैनिकले तिनै  रित्ता र्‍याकका तस्बिर र समाचारहरू प्रकाशन गर्दै यस अभावसँग जुझ्नका लागि फार्मास्युटिकल्स कम्पनीहरूले गरेको तयारीहरूलाई पनि प्रकाशन गरेको छ ।

 

 


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ