२०८३ असोज १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ विश्व ∕ लकडाउन खुकुलो बनेसँगै चीनमा सिटामोललगायतका औषधिको अभाव

लकडाउन खुकुलो बनेसँगै चीनमा सिटामोललगायतका औषधिको अभाव


चीनले कोभिड १९ सम्बन्धी नियमहरूलाई खुकुलो पारेपछि हाल सिटामोललगायतका औषधिको अभावको समस्या खेपिरहेको छ ।

औषधिको अभाव भएका जानकारीहरू बाहिरिएपछि चिनियाँ जनताहरू हाल आइ ब्रुफिन, रुघाका औषधि तथा कोभिड टेस्टका किटहरू किन्न हतारिएका हुन् ।

भिटामिन सी ले भरिपूर्ण कागती, क्यानमा राखिएका आरुलगायतका घरेलु औषधिहरू ठुलो मात्रामा अभावमा छन् । यी चीजहरू हाल चीनका अनलाइनतिर पनि उपलब्ध नभएको अवस्था छ । अभाव भएका वस्तुहरू ठुलो मात्रामा खरिद गर्नु र नपाइनु विश्वकै समस्या हो ।

लकडाउन खुकुलो पारिएकाले यो सुरुमा देखा परेको अवस्था हुन सक्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै विश्व बजारसँगै चीनका जनताहरू पनि खाली पसलका र्‍याकका तस्बिरहरू सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

चीनमा पछिल्लो समय बढेको सङ्क्रमणलाई नियन्त्रण गर्न सरकारले लकडाउन सुरु गरेको थियो तर चौतर्फी विरोधपछि त्यसलाई खुकुलो पारिएको थियो । त्यस्तै चढ्दै गएको कोरोना सङ्क्रमणको ग्राफलाई ध्यानमा राख्दै सरकारले अस्पतालमा सेवाहरूको अभाव हुन नदिन पनि व्यवस्था गरिरहेको छ ।

दुखाइ कम गर्ने औषधि, रुघा ज्वरोको औषधि र भिटामिनहरूको अभाव हुन थालेपछि चिनियाँ समाचार दैनिकले तिनै  रित्ता र्‍याकका तस्बिर र समाचारहरू प्रकाशन गर्दै यस अभावसँग जुझ्नका लागि फार्मास्युटिकल्स कम्पनीहरूले गरेको तयारीहरूलाई पनि प्रकाशन गरेको छ ।

 

 


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ