२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वयुकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी

युकेमा कम पारिश्रमिकका विरुद्धमा नर्सहरूको हडताल जारी


इंग्ल्याण्ड, वेल्स र उत्तरी आयरल्यान्डका करिब १० हजार नर्सहरूले कम पारिश्रमिकको विरोधमा हडतालको हप्ता दिन पनि नबित्दै पुनः हडताल गर्ने भएका छन् ।

स्वास्थ्य सचिवसँगको बैठकले नरोके बुधवार यी तीनै स्थानमा एम्बुलेन्सका कर्मचारीहरू पनि जोडिने भएका छन् भने स्वास्थ्य सचिव स्टिभ बार्कलेले प्यारामेडिक्सको प्रतिनिधित्व गर्ने ३ युनियनहरूलाई वार्ताका लागि बोलाएका छन् । बेलायतका नर्सहरूले गत हप्ता इतिहासकै सबैभन्दा ठुलो हडताल गरेका थिए ।

सेवाहरूमा व्यापक अवरोध भएकाले त्यहाँको एनएचएस (नेशनल हेल्थ सर्भिस) मा चुनौति थपिएको पनि जनाइएको छ ।
यो हडतालले गत बिहीबार अस्पतालमा करिब १० हजार कर्मचारी अनुपस्थित थिए भने १६ हजार अपोइन्टमेन्टहरू पुनः गरिनुपर्ने स्थिति भएको थियो ।

हडतालमा इंग्ल्याण्डका करिब एक चौथाइ अस्पताल र सामुदायिक टोली, उत्तर आयरल्यान्डका सबै स्वास्थ्य बोर्ड र वेल्सको एक स्वास्थ्य बोर्डबाहेकका सबै नर्सहरू सामेल छन् भने स्कटल्याण्डका नर्सहरू हडतालमा सामेल नै छैनन् ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ