२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्व४ वर्षीय बच्चाले ५२ वटा चुम्बकीय बल निलेपछि….

४ वर्षीय बच्चाले ५२ वटा चुम्बकीय बल निलेपछि….


एक अमाले आफ्नो ४ वर्षीय बच्चाले ५२ वटा चुम्बक निलेपछि अभिभावकहरूलाई आउन सक्ने खतराबाट सावधान रहन अनुरोध गरेकी छन् । उनको ४ वर्षीय सन्तान ज्युडले ५२ वटा चुम्बक निलेपछि चिकित्सकहरुले उक्त चुम्बकहरू निकाल्न एपेन्डिक्स निकालेका थिए भने उनको आन्द्रालाई पाँच ठाउँमा काट्नुपरेको छ ।

बच्चाको त्यो हालत देखेपछि आँत्तिएकी लिड्सेले बच्चा गुमाउनु पर्ला कि भनेर डराएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई जनाएकी छन् ।

त्यस्तै पब्लिक हेल्थ वेल्सले  पनि अभिभावकहरूलाई बच्चालाई साना चुम्बक र साना ब्याट्री भएका खेल्ने कुरा  किन्नुअघि सोच्न बताएको छ ।

ज्युड अहिले पाँच वर्षको भइसकेका छन् । ८ हप्ताजति छोरा बिरामी परेपछि उनले छोरालाई प्रिन्स चाल्र्स अस्पताल लगेकी थिइन् । त्यहाँ जचाउँदा उनको रगत रिपोर्टहरू सबै राम्रो आयो तर जब एक्स-रे गरियो तब उनी अचम्ममा परिन्  । सुरुमा डाक्टरले उनले नेकलेस निलेको अनुमान गरेका थिए तर उनले त्यो तिनै साना चुम्बक भएको थाहा पाइसकेकी थिइन् । उनलाई हत्तार हत्तार बच्चाको अस्पताल लगियो ।

उनले ती चुम्बकको बल युट्युबमा हेरेर आफ्नी ८ वर्षीया छोरीको लागि किनेकी थिइन् । युट्युबमा उपलब्ध भिडियोले उक्त बलको मद्दतमा धेरै कुराहरू सिक्न सक्ने देखाइएको थियो जसको विश्वासमा उनले पनि खरिद गरेकी थिइन् । पछि ती बलहरू छोराले निलेको थाहा पाएपछि उनी अचम्ममा परेकी थिइन् । बेलैमा अस्पताल नलगेको भए अवस्था अझै नाजुक हुने उनले बताइन् ।

“आन्द्राको प्रकृति र सानो बलका कारण ज्युडको आन्द्रामा प्वालहरू पर्दै च्यातिन थालेको थियो जसले गर्दा उसको आन्द्रा चुहिन थालेकोले शरीरमा सङ्क्रमण फैलिरहेको थियो र उसलाई विषाक्त बनाउँदै थियो ।

दुई हप्ताको अस्पताल बसाइमा ज्युडले केहि खान पनि सकेन र उसको एक हप्ता अस्पतालको ओछ्यानमै कट्यो ।

ज्युडकी आमा भन्छिन् “म धेरै भाग्यशाली छु कि जुडको स्वास्थ्यमा दीर्घकालीन असर परेको छैन, तर शल्य चिकित्सकले हामीलाई जीवनभर कोलोस्टोमी ब्याग राख्नुपर्ने वा आन्द्राको कमजोरीका कारण उसले मासिक भिटामिन इन्जेक्सन लगाउनुपर्ने हुनसक्छ भनेर चेतावनी दिएका छन् ।“

आफूसँग यस्तो घटना भएकाले उनले अरू अभिभावकहरूलाई पनि सतर्क रहन बताएकी छन् भने यदि त्यस्तो प्रकारका खेलौना छन् भने तुरुन्त हटाउन अनुरोध गरेकी छन् ।
बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ