२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीनले वास्तविक मृत्युदर सार्वजनिक नगरेको विश्व स्वास्थ्य सङ्गठनको दाबी

चीनले वास्तविक मृत्युदर सार्वजनिक नगरेको विश्व स्वास्थ्य सङ्गठनको दाबी


विश्व स्वास्थ्य सङ्गठनले चीनले बढिरहेको कोभिड सङ्क्रमणबाट भएको मृत्युलाई भएको भन्दा कम तथ्याङ्क सार्वजनिक गरेको जनाएको छ । चीनले अपनाइरहेको नीति र नियमलाई हटाएपछि चीनमा सङ्क्रमण बढिरहेको छ ।

तर हाल चीनले कोभिड सङ्क्रमण सम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न छोडिदिएको छ । त्यस्तै चीनले डिसेम्बरभरिमा जम्मा २२ जनाको मात्र सङ्क्रमणका कारण मृत्यु भएको जनाएको छ ।

यसै सन्दर्भलाई जोड्दै विश्व स्वास्थ्य सङ्गठनका इमरजेन्सी निर्देशक डा. माइकल रया्नले चीनमा भएको भन्दा कम मृत्यु मात्र सार्वजनिक गरेको बिबिसीलाई बताएका छन् ।
उनले चीनले संक्रमण दर अस्पतालको भर्ना र मृत्युलगायतका कुराहरू भएको भन्दा कम सार्वजनिक गरेको जनाएका हुन ।

त्यस्तै चीनले गत महिनाबाट श्वासप्रश्वासको समस्याबाट मृत्यु भएका सङ्क्रमित व्यक्तिहरूलाई मात्र कोभिडका कारण मृत्यु भएको मान्दै आएको छ ।

डा. रयान्ले केही हप्तादेखि चीन स्वास्थ्य सङ्गठनसँग नजिकिएको र भएको तथ्याङ्कहरू सार्वजनिक गर्नका लागि सकारात्मक रहेको जनाएका छन् । हाल चीन, जापान र भारत लगायतका देशमा एक्स बिबि १ नामक नयाँ भेरियन्ट फैलिरहेको छ ।
बिबिसीबाट भावानुवाद

 


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ