२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वकोभिड सङ्क्रमणले शरीरको ८४ भागमा पार्छ असर : वीर्यको गुणस्तरमा पनि ल्याउँछ कमी

कोभिड सङ्क्रमणले शरीरको ८४ भागमा पार्छ असर : वीर्यको गुणस्तरमा पनि ल्याउँछ कमी


विश्वभर कोभिड महामारी तीन वर्षभन्दा बढी भइसकेको छ । अहिलेसम्म ६६.७२ करोडभन्दा बढी मानिस यो सङ्क्रमणको चपेटामा परेका छन् । योसँगै कोभिडले हालसम्म ६७ लाखभन्दा बढी मानिसको ज्यान लिइसकेको छ ।

महामारीको सुरुमा सार्स को २ भाइरस माथिल्लो श्वासप्रश्वास मार्गमा असर गर्ने सङ्क्रमण हो भन्ने विश्वास गरिएको थियो, यद्यपि यसको लक्षण र प्रकृति भाइरसमा उत्परिवर्तनसँगै समयसँगै परिवर्तन भएको देखियो ।

यसैबिच, भर्खरै गरिएको एक अध्ययनमा, अन्वेषकहरूले कोरोनाभाइरसले श्वासप्रश्वास प्रणालीको रोग मात्र होइन, यसले सम्पूर्ण शरीरमा साइड इफेक्ट हुन सक्छ भन्ने कुरा पत्ता लगाएका छन् । यस खतराबाट सचेत रहन सबैलाई आग्रह गरिएको छ ।
सङ्क्रमणले सम्पूर्ण शरीरलाई असर गर्न सक्छ

कोरोनामा अहिलेसम्म गरिएको सबैभन्दा व्यापक पोस्टमार्टम टिस्यु अध्ययनमा, अन्वेषकहरूले मस्तिष्क र मुटुदेखि आँखासम्म शरीरभरि भाइरसको साइड इफेक्टका मार्करहरू खोजेका छन् । अध्ययनको निष्कर्षमा कोभिडले शरीरका धेरै भागहरूलाई असर गरेको देखाइएको छ, यसले श्वासप्रश्वासको रोग मात्र निम्त्याउँदैन ।

यो खतरालाई ध्यानमा राखेर सबैले सङ्क्रमणबाट बच्ने उपाय अपनाउनु जरुरी छ । जसरी नयाँ उत्परिवर्तित भेरियन्टहरूको प्रकृति बढी सङ्क्रामक देखिन्छ, त्यो झन् चिन्ताजनक अवस्था हो

८४ भागमा देखियो मार्कर
युनिभर्सिटी अफ मेरिल्याण्डसँगको सहकार्यमा नेशनल इन्स्टिच्युट अफ हेल्थ साइन्टिस्टको नेतृत्वमा गरिएको यो हालैको अनुसन्धानमा वैज्ञानिकहरूले कोरोनाका कारण शरीरका विभिन्न भागमा हुने साइड इफेक्टहरू जान्न खोजेका छन् । यसका लागि कोरोनाबाट मृत्यु भएका ४४ बिरामीको पोस्टमार्टम गरिएको थियो ।

अध्ययनका लागि शरीरका विभिन्न भागबाट मृत्युपछि तुरुन्तै लिइएका टिस्युहरू परीक्षण गरिएको थियो । यस अनुसन्धानको क्रममा कोरोना सङ्क्रमण वास्तवमा श्वासप्रश्वासको रोगमा मात्र सीमित नभई शरीरका करिब ८४ भागमा संक्रमणका कारण साइड इफेक्ट वा मार्कर भएको पाइएको थियो ।

यी अङ्गहरूमा देखिए साइड इफेक्टहरू
यसअघि पनि धेरै अध्ययनहरूले कोरोना सङ्क्रमणको शरीरमा हुने साइड इफेक्टहरू पत्ता लगाउने प्रयास गरेका थिए, जसमा मस्तिष्क, पाचन अङ्गहरूमा यसको प्रभावबारे बताइएका थिए, यद्यपि यो आफैँमा पहिलो व्यापक अध्ययन हो, जसमा सम्पूर्ण शरीरको अध्ययनहरू भएका छन् ।

अटोप्सीमा आधारित अनुसन्धानले कोरोना भाइरस सङ्क्रमणको अवस्थामा, भाइरल आरएनएले वायुमार्ग र फोक्सोको तन्तुमा सबैभन्दा बढी साइड इफेक्ट गर्छ भन्ने पत्ता लगायो । कतिपय अवस्थामा यसले मस्तिष्क, आन्द्रा, मुटु, मिर्गौला, आँखा, एड्रेनल ग्रन्थी र लिम्फ नोड्सलाई पनि असर गर्न सक्छ।

के भन्छन् अनुसन्धानकर्ता ?
शोधकर्ताहरू भन्छन्, यो एक प्रकारको छोटो पोस्टमार्टम अन्तराल अध्ययन हो, जसमा शरीरका विभिन्न भागहरूमा संक्रमणका कारण इन्फ्लेमेटरी मार्करहरू पत्ता लगाइन्छ । जसमा गम्भीर ध्यानाकर्षण आवश्यक छ । कोरोनाबाट बच्न धेरै महत्वपूर्ण छ, यसका लक्षणहरू हल्का भए पनि यसले शरीरलाई धेरै किसिमले असर गर्न सक्छ ।

यद्यपि यस अध्ययनको नतिजाहरू धेरै स्पष्ट छैनन् किनभने अनुसन्धान गरिएका अधिकांश मृतकहरू वृद्ध र खोप नलिएका थिए । अध्ययनको अर्को चरण खोप लगाइएका व्यक्तिहरूमा अनुसन्धान गर्नु हो ।

वीर्यको गुणस्तरमा संक्रमणको प्रभाव

अर्कोतर्फ, अखिल भारतीय आयुर्विज्ञान संस्थानका अन्वेषकहरूद्धारा ३० जना पुरुषहरूमा गरेको एक अध्ययनले सार्स कोभ २ भाइरसको संक्रमणले वीर्यको गुणस्तरमा पनि नकारात्मक असर पार्न सक्छ । एम्स पटनाका अन्वेषकहरूको नेतृत्वमा रहेको टोलीले कोभिड–१९ ले टेस्टिकुलर टिस्युमा एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम–२ रिसेप्टर मार्फत बहुअङ्गलाई क्षति पु–याउन सक्ने पत्ता लगाएको हो ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ