२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीनको एउटा प्रान्तका ९० प्रतिशतलाई कोभिड–१९ सङ्क्रमण

चीनको एउटा प्रान्तका ९० प्रतिशतलाई कोभिड–१९ सङ्क्रमण


चीनको तेस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको हेनान प्रान्तका ९० प्रतिशतलाई कोभिड १९ सङ्क्रमण भइसकेको स्वास्थ्य अधिकारीले जनाएका छन् ।

प्रान्तका अधिकारी कान क्वान्चेङले एक प्रेस कन्फ्रेन्स आयोजना गर्दै झन्डै ८८.५ मिलियन मानिसलाई कोभिड १९ सङ्क्रमण भएको जनाएका हुन् ।

चीन हाल शून्य कोभिड को नीतिलाई खुकुलो बनाएपछिको बढिरहेको कोभिड १९ को लहरसँग लडिरहेको छ । चौतर्फी विरोधपछि चीनले उक्त नीति हटाएको थियो ।

प्रान्तका अधिकारी कानले कुन समयमा ती सङ्क्रमणहरू भएका हुन भन्ने बारे नबताए पनि चीनले खुकुलो पारेको नीतिका कारण बढिरहेको सङ्क्रमणलाई हेर्दा पछिल्ला केही हप्ताको तथ्याङ्क रहेको हुनसक्ने बिबिसीले जनाएको छ ।

डिसेम्बरको १९ तारिखमा सङ्क्रमण चुलिएको भए पनि त्यसपश्चात् सङ्क्रमण घट्दै गएको उनले जानकारी दिएको बिबिसीले जनाएको छ ।
नीतिलाई खुकुलो बनाएपछि १ अर्ब ४० करोडको जनसङ्ख्या भएको देश चीनको एक प्रान्तकै १ लाख २० हजार मानिस मात्रै सङ्क्रमित भएको प्रान्तको तथ्याङ्कमा देखाइएको छ भने ३० जनाको मृत्यु भएको जनाइएको छ ।

हाल चीनमा ठुलो सङ्ख्यामा कोभिड १९ को जाँच गराउनुपर्ने तथा आइसोलेसनमा बस्नुपर्ने कुरा लागु गरिएको छैन ।

बिबिसीबाट भावानुवाद


क्याटेगोरी : विश्व, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ