२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशत्रिशुली अस्पताल फेरि देशभरकै ‘सर्वोत्कृष्ट अस्पताल’

त्रिशुली अस्पताल फेरि देशभरकै ‘सर्वोत्कृष्ट अस्पताल’


नुवाकोट—नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा नम्बर वान अस्पताल बनेको छ । स्वास्थ्य मन्त्रालयले गरेको उक्त मुल्यांकनमा त्रिशुली अस्पताल ९६ प्रतिशत अंकसहित उत्कृष्ट अस्पताल घोषित भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेकाअनुसार आर्थिक वर्ष ०७९/८० मा देशभरका सेकेण्डरी समूह ए अन्तर्गतमा अस्पतालहरुमा त्रिशुली अस्पताल पहिलो बनेको हो ।

यसअघि त्रिशुली अस्पताल दुई पटक न्यूनतम सेवा मापदण्डमा पहिलो भइसकेको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालबाट प्रदान हुने सेवा, जनशक्ति, सुशासन, पारदर्शितालगायतका विषयलाई समेटेर यो मुल्यांकन गर्ने गर्छ ।

‘हामी सतप्रतिशत लक्ष्य हासिल गर्ने आफ्नो योजनामा प्रतिवद्ध छौं,’ मेसु डा. पाण्डेले हेल्थआवाजसँग भने, ‘अझै केही कुराहरुमा सुधार गर्न बाँकी छ । हामी ती सबै कुरा सुधार गरेर आगामी वर्ष १०० पूर्णांकमा १०० नै ल्याएर सतप्रतिशत हासिल गर्ने लक्ष्यमा काम गरिरहेका छौं ।’

युवा चिकित्सक डा. पाण्डे मेडिकल सुपरिटेन्डेन्ट भएर गएदेखि त्रिशुली अस्पतालले सेवा, भौतिक पूर्वाधार, उपकरणलगायतका क्षेत्रमा छलाङ मारिरहेको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ